१९ असार २०८३, शुक्रबार
,
Latest
रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक
तपाईं के खोज्दै हुनुहुन्छ ?

इसेवाको ‘शिक्षित युवा, संवृद्ध भविष्य योजना’, ५ सय बढि विद्यार्थीले छात्रवृति पाउने



अ+ अ-

काठमाडौ  । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उतिर्ण भएका विद्यार्थीहरूलाई मध्यनजर गर्दै ‘शिक्षित युवा,संवृद्ध भविष्य’ योजना सार्बजनिक गरेको छ । यस योजनामा ५ सय भन्दा बढि विद्यार्थीहरूले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन् । यो योजना आगामी भाद्र १५ गतेसम्म सञ्चालन हुनेछ । छात्रवृति विद्यार्थीले छानेका कलेज अनुसार भर्ना शुल्क तथा माशिक शुल्कमा प्राप्त गर्न सकिनेछ ।

विद्यार्थीहरूले जेभियर ईन्टरनेशनल, प्रिमियर कलेज, विद्या शंकर, ट्रिटन कलेज र टेक्सास ईन्टरनेशनल कलेज, बिराटनगरका बाल कल्याण विद्या मन्दिर र लर्ड बुद्ध सेकेण्डरी स्कुलमा छात्रवृति प्राप्त गर्नेछन् । इसेवा मार्फत आवेदन दिनेले मात्र छात्रवृतिको अवसर प्राप्त गर्नेछन् ।  छात्रवृतिका लागि विद्यार्थीहरूले इसेवा मोबाईल एप तथा वेभ मार्फत इसेवा स्कोलरसिप अप्सनमा गइ आवेदन दिन सक्नेछन् । छात्रवृतिका लागि विद्यार्थीहरूले रू ३० भुक्तानी गर्नुपर्नेछ । यो रकम यो योजना सकिएपछि विद्यार्थीको इसेवा आइडी रहेको नम्बरमा टपअप हुनेछ । छात्रवृतिमा समावेश भएका विद्यार्थीले छात्रवृति दाबी गर्नका लागि आफ्नो एसइई पास भएको कागजात पेश गर्नुपर्नेछ । 

मोबाईल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिएको इसेवामा हाल प्रत्यक्ष रूपमा खाता खोल्नेको संख्या करिब ४५ लाख रहेको छ । यसैगरी अप्रत्यक्ष रूपमा करिब एक करोड ६० लाख जनसंख्याले इसेवामार्फत सेवा लिइरहेका छन् । हाल इसेवाका देशभर करिब एक लाख ३० हजार  एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेका छन् । हाल इसेवामा मर्चेन्टको संख्या तीन लाख नाघिसकेका छन् ।

इसेवाबाट इन्स्योरेन्स्को प्रिमियम भुक्तानी, सेयर कारोबारको भुक्तानी गर्न सकिनुका साथै मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुलकलेजको लगायतका शुल्क भुक्तानी गर्न सकिन्छ । इसेवामा हाल ५० वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेका छन् । यी बैंकबाट इसेवामा सहजै रकमजम्मा गर्न तथा इसेवाबाट बैंक खातामा रकम पठाउन सकिन्छ ।