११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

पहिरोमा परी भारतमा कम्तीमा १० जनाको मृत्यु, ६० जना पुरिएको आशङ्का



अ+ अ-

सिमला । हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । पहिरोमा अरु कम्तीमा ६० जना पुरिएको आशङ्का गरिएको छ ।

कम्तीमा २५ व्यक्ति बोकेको एउटा बस नै पहिरोमा पुरिएको भारत–तिब्बत सीमा सुरक्षा (आइटीबीपी)ले आशङ्का गरेको छ । “घटनामा परी कम्तीमा १० व्यक्तिको मृत्यु हुनुको साथै अन्य १४ जना घाइतेलाई उद्धार गरिएको छ,” आइटीबीपीले प्रकाशन गरेको एक विज्ञप्तिमा उल्लेख गरिएको छ । 

हिमाञ्चल प्रदेशमा पहिरोले पुरेको गाडी निकाल्नका लागि भारत–तिब्बत सीमा सुरक्षाका लागि खटिएका प्रहरी उद्धारकार्यमा परिचालित भएका छन् ।

हिमाञ्चल प्रदेशको किन्नौर जिल्ला अन्तर्गत पर्ने घटनास्थलमा अझै ढु्गा खसेको तिब्बतको सीमानामा एक स्थानीय प्रहरी अधिकारीले एएफपीलाई बताएका छन् । टेलिभिजन च्यानलले एउटा ट्रक र कारको चित्र भग्नावशेषमा आधा गाडेको, बाटोमा चट्टान रहेको र रूखको टुक्रा देखाइएको छ ।