१९ असार २०८३, शुक्रबार
,
Latest
नेप्से परिसूचक आठ अङ्कले घट्यो सरकारका १०० दिनः सार्वजनिक जग्गा संरक्षणदेखि सहकारी बचतकर्ताको रकम फिर्तासम्म सरकारले विद्युत व्यापारमा उचित कदम चाल्न आवश्यक छः काँग्रेस सांसद गुरुङ देउवा पक्षका शीर्ष नेताको बैठक सुरु, कांग्रेसभित्रको आन्तरिक समीकरणबारे छलफल हुने राष्ट्रियसभामा ६ विधेयक टेबुल सरकारले उत्पादनमूलक क्षेत्रमा बजेट केन्द्रित गर्नुपर्दछः एमाले सांसद रखाल कम्पनी रजिष्ट्रार कार्यालयमा मन्त्री यादवको आकस्मिक अनुगमन सिंहदरबारमै सुरु भयो निजामती कर्मचारी अस्पतालको सेवा इकाई, कर्मचारीले अब परिसरमै स्वास्थ्य सेवा पाउने शिक्षा क्षेत्रको सुधारका लागि विद्यालयलाई दलगत प्रभावबाट मुक्त गर्न जरुरीः सभापति थापा झापाकाे दुवागढीमा आगलागीः एक घर जलेर नष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?

पुर्व प्रधानमन्त्री ओली मेन्टली रुपमा ठिक हुनुहुन्न् : मातृका यादव



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद मातृका यादवले पुर्व प्रधानमन्त्री केपि शर्मा ओली मेन्टली र फिजिकली पनि ठिक नभएको बताएका छन् । प्रतिनिधिसभाको विहिबारको बैठकको विशेष समयमा बोल्दै नेता यादवले आफुखुसी काम गर्न रोक लगाएपछि वर्तमान सरकारलाई परमादेशको सरकार भनी टिप्पणी गरेको भन्दै आपत्ती जनाएका हुन् । 

उहाँले भन्नुभयो “मैले एउटै पार्टी हुदा । स्थायी समितिको बैठकमा नै भनेको थिएँ । कमरेडहरु उहाँ मेन्टलि पनि ठिक हुनुहुन्न । फिजिकली पनि ठिक हुनुहुन्न त्यसैले कुनै बेला पनि दुर्घटना हुनसक्छ । यो जिम्मेवारी किन बोकाउनुहुन्छ ? उहाँलाई अन्याय किन गर्नुहुन्छ ? म एमालेका माननीय मित्रहरुलाई के भन्न चाहन्छु भने जहाज उडाउने क्याप्टेनहरुको मेडिकल चेक हुन्छ ,देशकै जहाज उडाउन दिएपछि दुर्घटना हदैन ? पार्टीकै जहाज उडाउन दियो भने दुर्घटना हुदैन ? हामीलाई दुख लागेको छ । लगभग दुई तिहाईको सरकार खतम भएर गठबन्धनको सरकार बन्यो । यो गठबन्धनलाई फेरि अप्राकृतिक रे, अनुचित, अपवित्र । संयुक्त जनाआन्दोलन पनि गठबन्धनबाटै भएको हो । अनि त्यसको उत्पादन अपवित्र होइन ? संविधान पनि सबै मिलेर बनाएको होइन ? संविधान पनि अपवित्र भयो । आफ्नो सरकार पनि गठबन्धनबाटै हो नि म पनि त्यसमा मन्त्री थिएँ नि । के तपाईहरु कहिलेही पनि कांग्रेससंग गठबन्धन गर्नुभएन ? कांग्रेसको सरकारमा बस्नुभएन ? बडा विचित्र छ के, आफु गर्दा ठिक, अरुले त्यही काम गर्दा बेठिक ? थोरै पनि नैतिकता हुनुपर्यो । उहाँ प्रधानमन्त्री बन्नका लागि संविधान स्वीकार्य भयो । प्रधानमन्त्रीमा बस्नलाई सहमति तोड्ने ।  प्रधानमन्त्री बन्नलाई मोर्चा बनाउने लागि चुनावी गठबन्धन गर्ने । प्रधानमन्त्रीमै टिक्नलाई त्यो पनि तोड्ने । पदको लागि सबै बरवाद गरेको छ । आन्दोलन बरवाद गरेको छ । पार्टी वरवाद गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्र पनि धरापमा पार्यो । ऊ आएर सानले बोल्छ । सबै खतम ।  हुटिट्याउँले आकाश थामे जस्तै आफुले आकाश थामेको अरु सबैले डुबाउन खोजेको जस्तो । परमादेश परमादेश । सबैजनाको त मेन्टल बिग्रेको हुदैन नि । ”

जनादेशकै आधरमा संविधान बनेको र प्रतिनिधिसभा पनि जनादेशकै थलो भएको भन्दै उहाँले पुनस्थापित प्रतिनिधिसभालाई परमादेशबाट व्युँतिएको र वर्तमान सरकार पनि परमादेशबाटै भएको भन्ने अभिव्यक्ति दिने ओलीलाई राजीनामा गर्न चुनौति दिनुभयो । उहाँले परमादेशबाट संसद व्युँतिएको अभिव्यक्ति दिने सबैलाई राजीनामा गर्न पनि आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “एउटा बहस उठेको छ । परमादेश र जनादेश । परमादेशको कुरा गर्ने मित्रहरुलाई म भन्न चाहन्छु यो हाउसमा हामी परमादेशबाट होइन जनादेशबाट आएका हौ । जनादेशकै आधारमा संविधान बनेको हो । संविधानले दिएको अधिकार उचित र अनुचित ढंगले प्रयोग गर्ने कुरामा विवाद भएको हो । म त संविधान ठिक छैन भनेर सडकमा कराईरहेको मान्छे हो । बरु हामीले यो संविधान ठिक छैन भन्दा राम्रो हुन्छ तर संविधान मान्ने मान्छेहरुले संविधानको प्रयोग गर्दा, आफ्नो खुसी प्रयोग गर्न खोज्दा रोक्दाखेरी सरकार परमादेशबाट आएको हो भन्ने पुर्व प्रधानमन्त्री माननीय केपी शर्मा ओली जीलाई म के आग्रह गर्न चाहन्छु भने यो हाउसमा नआईकन राजीनामा दिए हुन्छ । चुनाव लडेर आए भईगो नि त । परमादेशबाट आएको छ भन्ने जो जोलाई लागेको छ राजीनामा दिए हुन्छ । परमादेश भन्ने अनि जनादेशको अपमान गर्ने ? जनादेशबाट निर्माण भएको प्रतिनिधिसभा हो । जे मन लाग्यो त्यही बोल्ने । जुन सदनमा आएर उभिनुभएको छ । त्यसैैको अपमान गर्ने । आफ्नो मर्यादालाई विर्सने काम नहोस् भन्ने मेरो आग्रह हो । ”