१९ असार २०८३, शुक्रबार
,
Latest
रुपन्देही अदालतः चार हजार १०९ मुद्दा फछ्र्यौट अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस सभापतिमा उम्मेद्वारी दिन ३० हजार !



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीको सभापतिमा उम्मेद्वारी दिन ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको छ। 

महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेको निर्वाचन निर्देशिका सभापतिको प्रत्यासी हुन चाहनेले ३० हजार रुपैयाँ धरौटी राख्नुपर्ने प्रस्ताव गरिएको हो ।

बैठकमा उपसभापतिका लागि २५ हजार, महामन्त्रीमा उम्मेद्वारी दिन २५ हजार, सहमहामन्त्रीका लागि २० हजार र केन्द्रीय सदस्यका लागि १० हजार रुपैयाँ बुझाउनु पर्ने खड्काले पेश गरेको निर्देशिकामा उल्लेख गरिएको छ । 
 
सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले महाधिवेशनको नयाँ कार्यतालिकाबारे औपचारिक रुपमा प्रस्ताव नगरिएपनि महामन्त्री खड्काले केन्द्रीय सदस्यहरूको सुझावका आधारमा नयाँ कार्यतालिका बनाउन बैठकमा प्रस्ताव गरेका छन्।

महाधिवेशन कहिले गर्ने भन्ने विषयमा संस्थापन र इतर समूहबीच सहमति जुट्न सकेको छैन। साउन १२ गतेदेखि सुरु भएर भदौ १६–१९ सम्म महाधिवेशन पुरानो कार्यतालिका उल्लंघन भए पनि कांग्रेसले नयाँ ल्याउन सकेको छैन। 

सभापति देउवा पक्षले मंसिरमा तल्ला तहको अधिवेशन सुरु गरेर माघमा महाधिवेशन गर्न चाहेको छ भने पौडेल पक्षले भदौमा हुनुपर्ने अडान राखेको छ।