२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

नाग मूर्ति स्थापनासहित विधिपूर्वक प्राणप्रतिष्ठा



अ+ अ-

कास्की । पोखरा महानगरपालिका–१७ स्थित म्यूजियम मार्गमा स्थापना गरिएको नाग मूर्तिको विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ । स्थानीय धार्मिक व्यक्तित्वको सक्रियता एवं विभिन्न सङ्घ संस्था, उद्योगी व्यवसायीको सामूहिक प्रयासबाट निर्माण गरिएको नागथानमा पाँच शिर भएका नागले शिवलिङ्गलाई वेरिएको नागमूर्ति स्थापना गरि प्राणप्रतिष्ठा गरिएको हो ।

शिवको महिना साउनको चौथो सोमबारदेखि प्रत्येक दिन बिहान सोडसोपचार विधिबाट पूजा आरधना एवं साझ धुप आरतीसहित शिलामा नाग भगवान्लाई आह्वान गरिएको पूजा व्यवस्थापन समितिका संयोजक विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।

अव्यवस्थित एवं सानो ठाउँमा दुई दशकअघि नागस्थान स्थापना गरी प्रत्येक नागपञ्चमीका अवसरमा पूजा गर्दै आएको बताउँदै उहाँले भन्नुभयो, “यसपटक सबैको साथ र सहयोगले नागथानलाई व्यवस्थित गरी विधिपूर्वक पूजा आरधना गर्ने तयारी भई रहेको छ ।” नागमूर्तिसहित पूजा आरधना गर्नेका लागि आवश्यक ठाउँ, पानी, विद्युत्सहित एक दर्जन जनाको क्षमता भएको नागस्थान निर्माणका लागि कूल रु दुई लाख तीन हजार ११५ खर्च भएको नागथान निर्माण तथा व्यवस्थापन समितिका अध्यक्ष चेतनदास शर्माले जानकारी दिनुभयो ।

नागस्थान निर्माण गर्ने उदेश्यका साथ शुरु गरिएको अभियानमा विभिन्न सङ्घसंस्था एवं व्यक्तिहरूबाट स्वस्फूर्त गर्नुभएको सहयोगले जहाँ धर्म त्यहा धन भन्ने उखानलाई चरितार्थ गरेको बताउँदै उहाँले अहिलेसम्म समितिका नाममा कूल तीन लाख ५४ हजार ४०४ सङ्कलन भएको बताउनुभयो ।

“नागथान निर्माण गर्ने अभियानअन्तर्गत विष्णुप्रसाद पौडेले मूर्ति, लिलकाजी गुरुङद्वारा आवश्यक सम्पूर्ण ट्रष्ट, गण्डकी सुनचाँदी पसलका अमर सुनारबाट टायल सहितको खर्च, शुभकामना आमा समूहबाट ११ हजार १११ सहित पाँच हजारभन्दा बढी आर्थिक सहयोग गर्ने ३० विभिन्न सङ्घसंस्था व्यक्ति रहनुभएको उहाँले बताउनुभयो ।

“काम शुरु गरियो आर्थिक सङ्कलन गर्न नसकिने हो की भन्ने चिन्ता लागेको थियो नाग भगवान्को शक्तिले ‘त आँट म पु¥याउँछु’ भने जस्तै भयो” उहाँले भन्नुभयो, “टोल छिमेक तथा सो क्षेत्रमा आउने जो केहीले पनि खोजी खोजी नागको नाममा दान गर्ने दाता आउने क्रम जारी छ ।” 

नागेपञ्चमीका अवसरमा भागवत भाष्कर पण्डित कमलनयन गौतमबाट प्रणाप्रतिष्ठा गरिएका नागमूर्तिको शुक्रबार बिहान अनावरण गर्ने कार्यक्रम रहेको छ । अनावरण कार्यक्रमपश्चात स्थानीयले आफ्ना घर घरको मूल ढोकामा विधिपूर्वक नाग टास्ने कार्यक्रम रहेको समितिका उपाध्यक्ष एकनारायण अर्यालले जानकारी दिनुभयो । साउन महिनाको शुक्ल पञ्चमीे नागपञ्चमी पर्व परम्पराअनुसार घरको मूल ढोकामा नागको चित्र टाँसी पूजाअर्चना गरिन्छ । जुन घरमा नागको बास हुन्छ, त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने धार्मिक विश्वासका साथ नागपूजा गरिने प्रचलन छ ।