२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई आरोप पुष्टि गर्न प्रभुको चुनौती



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका प्रभु साहले आफूले को कोसँग संदिग्ध गतिविधि गरेको त्यसलाई पुष्टि गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिनुभएको छ ।

न्यूजपोलारसँग कुरा गर्दै साहले भन्नुभयो, “प्रधानमन्त्री भइसकेको तथा एउटा प्रमुख पार्टीको शीर्ष नेताले त्यो हदसम्मको झुट बोल्नुभयो । त्यो सरासर गलत हो ।”

उहाँले आफूले स्वतन्त्र उम्मेदवारी दिएसँगै एमालेमा नरहेको पनि जनाउनुभयो । साहले भन्नुभयो, “मैले कहिले टिकट हत्याउने प्रयास गरेँ ? को कोसँग संदिग्ध गतिविधि गरेँ ? त्यो पुष्टि गर्नुपर्छ, यो आरोपका लागि आरोप मात्र हो । उपेन्द्र यादवसँग मिलेर आफनो पक्षलाई टिकटबाट वञ्चित गर्ने षड्यन्त्र भएपछि विद्रोह गरेको हुँ ।”

प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले मधेस प्रदेशमै एमालेलाई उम्मेदवारविहीन बनाउन साहले षड्यन्त्र गरेको र केही समययता पार्टीका विरुद्ध संदिग्ध गतिविधि गरेको बताउनुभएको थियो ।