५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीलाई आरोप पुष्टि गर्न प्रभुको चुनौती



अ+ अ-

काठमाडौँ । पूर्वमन्त्री एवं रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा चुनावका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका प्रभु साहले आफूले को कोसँग संदिग्ध गतिविधि गरेको त्यसलाई पुष्टि गर्न नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई चुनौती दिनुभएको छ ।

न्यूजपोलारसँग कुरा गर्दै साहले भन्नुभयो, “प्रधानमन्त्री भइसकेको तथा एउटा प्रमुख पार्टीको शीर्ष नेताले त्यो हदसम्मको झुट बोल्नुभयो । त्यो सरासर गलत हो ।”

उहाँले आफूले स्वतन्त्र उम्मेदवारी दिएसँगै एमालेमा नरहेको पनि जनाउनुभयो । साहले भन्नुभयो, “मैले कहिले टिकट हत्याउने प्रयास गरेँ ? को कोसँग संदिग्ध गतिविधि गरेँ ? त्यो पुष्टि गर्नुपर्छ, यो आरोपका लागि आरोप मात्र हो । उपेन्द्र यादवसँग मिलेर आफनो पक्षलाई टिकटबाट वञ्चित गर्ने षड्यन्त्र भएपछि विद्रोह गरेको हुँ ।”

प्राइम टेलिभिजनमा पत्रकार ऋषि धमलासँगको कुराकानीमा एमाले अध्यक्ष ओलीले मधेस प्रदेशमै एमालेलाई उम्मेदवारविहीन बनाउन साहले षड्यन्त्र गरेको र केही समययता पार्टीका विरुद्ध संदिग्ध गतिविधि गरेको बताउनुभएको थियो ।