१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न भएको छ । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजे बैठक बस्न लागेको हो। 

बिहीबार बसेको बैठकले कुनै निर्णय हुन नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक आजलाई सारिएको थियो। आजको बैठकमा पनि १४औं महाधिवेशनका विषयमा छलफल हुने जनाएको छ। 

कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएपनि क्रियाशील सदस्यता विवादका कारण स्थानीय तहको अधिवेशन रोकिएको छ। जसले गर्दा १४औं महाधिवेशन पनि समयमै नहुने आशंका गर्न थालिएको छ।

आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका विभिन्न प्रस्तावमाथि बाँकी सदस्यहरुले बोल्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।