काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्न भएको छ । बैठक कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निजी निवास बूढानीलकण्ठमा बिहान ११ बजे बैठक बस्न लागेको हो।
बिहीबार बसेको बैठकले कुनै निर्णय हुन नसकेपछि केन्द्रीय कार्यसमितिको बैठक आजलाई सारिएको थियो। आजको बैठकमा पनि १४औं महाधिवेशनका विषयमा छलफल हुने जनाएको छ।
कांग्रेसको १४औं महाधिवेशन भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने तय गरिएपनि क्रियाशील सदस्यता विवादका कारण स्थानीय तहको अधिवेशन रोकिएको छ। जसले गर्दा १४औं महाधिवेशन पनि समयमै नहुने आशंका गर्न थालिएको छ।
आजको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको प्रतिवेदन तथा महामन्त्री पूर्णबहादुर खड्काले पेश गरेका विभिन्न प्रस्तावमाथि बाँकी सदस्यहरुले बोल्ने कार्यक्रम रहेको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताए।