२० आश्विन २०८१, आईतवार
,
Latest
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १० करोड २६ लाख सहयोग न्यायपालिकाको साख र विश्वसनीयता कायमै राख्नेछु : प्रधानन्यायाधीश चितवनमा पहिलोपटक प्रभु बैंकको एजुकेशन हबको शुभारम्भ प्रमुख शाहसँग कतारका राजदूत अन्सारीको शिष्टाचार भेट नेपाली सेनाद्वारा सुनकोशी नदीमा बेलिब्रीज जडान कार्य सुरु दुर्गा पक्षको चौथो दिन कुष्माण्डाको पूजाआराधना प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ग्लोबल आइएमई बैंकसहित आइएमई ग्रुपको पाँच करोड सहयोग विद्युत व्यापारका लागि चीनसँग पनि कुरा गरिराखेका छौँ: मन्त्री खड्का प्रधानमन्त्री उद्धार कोषमा आइएमइ ग्रुपबाट पाँच करोड हस्तान्तरण प्रधानमन्त्रीलाई माओवादी केन्द्रको ध्यानाकर्षण, विपत्तिको सामनामा सरकारले अगुवाइ गर्छ : प्रधानमन्त्री ओली
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देही ५ मा एमाले उम्मेदवार घिमिरेलाई आधिकारिकता, खिमलालको सांसद् पद पनि गुम्यो



अ+ अ-

काठमाडौँ । मंसिर ४ मा हुन गइरहेको आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ५ मा नेकपा (एमाले)को तर्फबाट वासुदेव घिमिरेले आधिकारिकता पाएका छन् ।

आइतबार सो क्षेत्रमा एमालेबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए । घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले पौने ५ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) बमोजिम दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एक भन्दा बढी व्यक्तिको लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एक भन्दा बढी उम्मेदवारको मनोयनपत्र पेश भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने उल्लेख छ । जसअनुसार घिमिरेले आधिकारिकता पाएका हुन् ।

यता, राष्ट्रियसभामा एमालेका सचेतक रहेका भट्टराईको सांसद पद पनि गुमेको छ, भने उनले रुपन्देही ५ मा उम्मेदवार समेत बन्न पाएनन् ।

राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर भट्टराईले यसअघि वासुदेव घिमिरेलाई दिएको पत्र भुलवश भन्दै पार्टीको अर्को पत्रसहित दर्ता गराएको भएपनि निर्वाचन आयोगले भट्टराईको दाबीलाई खारेज गरी घिमिरेको उम्मेदवारी कायम गरेको हो ।