६ श्रावण २०८३, बुधबार
,
Latest
अस्ट्रेलियामा दुर्लभ समान चम्ल्याहा छोरीको जन्म जलवायु परिवर्तनलाई विकासको मूल एजेण्डा बनाउनुपर्छः गगन थापा एक खर्ब निक्षेप सङ्कलन गर्दै केन्द्रीय बैंक प्रधानमन्त्रीले आज नेपाल हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्दै पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

बुद्ध एयर स्थापनाको २५ औं वर्ष पूरा(भिडीयोसहित)



अ+ अ-

काठमाडौँ । नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर स्थापनाको २५ औं वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको छ ।

सोमवार काठमाडौंमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बुद्ध एयरले प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग २५ वर्षको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरेको बताउनु भयो ।

उहाँले २५ वर्षको यात्रामा बुद्ध एयर वायुसेवा नियमसम्मत चलेको हुनाले सफलता मिल्दै गएको बताउनु भयो । बस्नेतले नियमसम्मत रुपमा कम्पनी चल्नसके सफलता पाउन समस्या नहुने बताउनु भयो ।

उहाँले वायुसेवा क्षेत्र टे«ड नभएर उद्योग भएको बताउनु भयो । बस्नेतले अझै नयाँ गन्तव्य र अवसरको खोजि भइरहेको बताउनु भयो । बस्नेतले आगामी दिनमा बुद्ध एयरलाई थप विश्वसनीय बनाउन मेहनतका साथ लागिरहने बताउनु भयो । उहाँले रजत महोत्सवसँगै अबको यात्रा गोल्डेन तर्फको हुने बताउनु भयो । बस्नेतले बुद्धले निकट भविष्यमा ३ एटीआर जहाज थप गर्ने योजना सार्वजनिक गर्नुभयो ।

प्रवन्ध निर्देशक बस्नेतले बुद्ध एयरलाई अबको २५ वर्ष सफलताका साथ अगाडि लानको लागि व्यवस्थापकीय निरन्तरताको लागि पब्लिक कम्पनीमा जानुपर्ने आवश्यक्ता परे जान तयार रहेको बताउनु भयो । उहाँले बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने भन्दै फण्ड जम्मा गर्नको लागि बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता नभएको बताउनु भयो ।

उहाँले हवाई भाडा महँगो भएको इन्धनको मूल्य र डलरको भाउ बढेको कारण महँगो भएको बताउनु भयो । बस्नेतले राज्यले तोकेको हवाई भाडा भन्दा बढी वायुसेवा कम्पनीहरुले लिन नसक्ने बताउनु भयो । उहाँले सबै सेवाग्राहीको चित्त बुझाउन समस्या पर्ने बताउनु भयो । उहाँले नेपालको आन्तरिक हवाई उडान भाडा २० वर्ष अगाडिको तुलना गर्दासमेत सस्तो रहेको बताउनु भयो ।

बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यवसायिक उडान गरेको थियो । त्यसबेला काठमाडौंबाट माउण्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो । यो वायुसेवाले २५ वर्षअगाडि एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटासम्म पुगेको छ । हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको यो वायुसेवाले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो ।