• २२ बैशाख २०८१, शनिबार
  •      Sat May 4 2024
  •   Unicode
Logo

बुद्ध एयर स्थापनाको २५ औं वर्ष पूरा(भिडीयोसहित)



काठमाडौँ । नेपालको निजी लगानीको वायुसेवा कम्पनी बुद्ध एयर स्थापनाको २५ औं वर्ष पूरा गरी २६ वर्षमा प्रवेश गरेको छ ।

सोमवार काठमाडौंमा वायुसेवाको २५ औँ वर्ष पूरा गरेको अवसरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै बुद्ध एयरले प्रवन्ध निर्देशक वीरेन्द्रबहादुर बस्नेतसँग २५ वर्षको यात्रामा विभिन्न उतारचढाव भोग्नुपरेको बताउनु भयो ।

उहाँले २५ वर्षको यात्रामा बुद्ध एयर वायुसेवा नियमसम्मत चलेको हुनाले सफलता मिल्दै गएको बताउनु भयो । बस्नेतले नियमसम्मत रुपमा कम्पनी चल्नसके सफलता पाउन समस्या नहुने बताउनु भयो ।

उहाँले वायुसेवा क्षेत्र टे«ड नभएर उद्योग भएको बताउनु भयो । बस्नेतले अझै नयाँ गन्तव्य र अवसरको खोजि भइरहेको बताउनु भयो । बस्नेतले आगामी दिनमा बुद्ध एयरलाई थप विश्वसनीय बनाउन मेहनतका साथ लागिरहने बताउनु भयो । उहाँले रजत महोत्सवसँगै अबको यात्रा गोल्डेन तर्फको हुने बताउनु भयो । बस्नेतले बुद्धले निकट भविष्यमा ३ एटीआर जहाज थप गर्ने योजना सार्वजनिक गर्नुभयो ।

प्रवन्ध निर्देशक बस्नेतले बुद्ध एयरलाई अबको २५ वर्ष सफलताका साथ अगाडि लानको लागि व्यवस्थापकीय निरन्तरताको लागि पब्लिक कम्पनीमा जानुपर्ने आवश्यक्ता परे जान तयार रहेको बताउनु भयो । उहाँले बुद्ध एयर पैसाको लागि पब्लिक कम्पनीमा नजाने भन्दै फण्ड जम्मा गर्नको लागि बुद्ध एयरलाई पब्लिक कम्पनीमा जानुपर्ने आवश्यकता नभएको बताउनु भयो ।

उहाँले हवाई भाडा महँगो भएको इन्धनको मूल्य र डलरको भाउ बढेको कारण महँगो भएको बताउनु भयो । बस्नेतले राज्यले तोकेको हवाई भाडा भन्दा बढी वायुसेवा कम्पनीहरुले लिन नसक्ने बताउनु भयो । उहाँले सबै सेवाग्राहीको चित्त बुझाउन समस्या पर्ने बताउनु भयो । उहाँले नेपालको आन्तरिक हवाई उडान भाडा २० वर्ष अगाडिको तुलना गर्दासमेत सस्तो रहेको बताउनु भयो ।

बुद्ध एयरले ११ अक्टोबर १९९७ मा पहिलो व्यवसायिक उडान गरेको थियो । त्यसबेला काठमाडौंबाट माउण्टेन फ्लाइट, पोखरा र विराटनगरका लागि उडान राखिएको थियो । यो वायुसेवाले २५ वर्षअगाडि एउटा जहाजबाट शुरु गरेको हवाई उडानको यात्रा हाल १६ वटासम्म पुगेको छ । हाल ५६ प्रतिशत बजार हिस्सा ओगटेको यो वायुसेवाले सन् २०२१ मा मात्रै २० लाख ३२ हजार यात्रु उडाएको थियो ।