नवलपुर । प्रतिनिधिसभा सदस्य हृदयेश त्रिपाठीले शेरबहादुर देउवा नेतृत्वको सरकार धेरै समय नटिक्ने बताएका छन् ।
पूर्वमन्त्री समेत रहेका त्रिपाठीले देउवा नेतृत्वको सरकारको आयु वैशाखसम्मको मात्र भएको बताएका हुन् ।
गृहजिल्ला पश्चिम नवलपरासीमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेस महाधिवेशनलगत्तै देउवा सरकारले संसद् विघटन गरेर चुनाव गराउने योजनामा रहेको बताए ।
त्रिपाठीले कात्तिक महिनाभित्र महाधिवेशन सकेर बैशाखमा चुनाव गराउने योजनामा देउवा रहेको जानकारी आफूले पाएको दावी समेत गरे ।