२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस नेताको घरमा कोभिड खोप भेटिन थाल्योः नारदमुनि राना



अ+ अ-

काठमाडौं । नेकपा एमाले नेता तथा प्रतिनिधिसभा सदस्य नारदमुनि रानाले काँग्रेस नेता कार्यकर्ताहरूको घरमा कोभिड खोप भेटिन थालेको आरोप लगाएका छन् । 

शुक्रबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद रानाले भने ‘खोप, खोप, खोप प्राथमिकतामा रहेको सरकारले ओली सरकारले ल्याएपछि खोप ल्याउन सकेको छैन् । अहिले काँग्रेसका नेता कार्यकर्ताहरूको घर घरमा खोप भेटिन्छ । त्यति मात्र हैन अहिले दशौं हजार तिरेर ठूला बढा भिआइपीको घरमा खोप भेटिन्छन् ।’
 
महाकाली नदीमा भारतीय सेनाबाट जयसिंह धामी मारिँदा सरकार नबोलेको, मेलम्चीमा बाढीले अस्तव्यस्त पार्दा सरकार बेखबर भएको आरोप समेत लगाए ।