९ असार २०८३, मंगलवार
,
Latest
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर सिक्टा नहरको पानीले २२ हजार हेक्टरमा सिँचाइ विश्वकप फुटबलः मेस्सीको दुई गोलको मद्दतमा अर्जेन्टिना नकआउट चरणमा जेलन्स्कीद्वारा बेलायतका प्रधानमन्त्री स्टार्मरको युक्रेन सहायताको प्रशंसा चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने लखनऊमा आगलागी हुँदा कम्तीमा १५ जनाको मृत्यु भरतपुर महानगरद्वारा रु पाँच अर्ब ५१ करोडको बजेट प्रस्तुत महाकाली पुलको गाइडबण्ड पुर्ननिर्माणमा सेनाको सक्रियता हेटौँडाका संस्थागत विद्यालयको कक्षा ११ मा पढ्ने २२२ जनालाई छात्रवृत्ति बाँकेमा आयुर्वेद उपचार पद्धतिप्रति आर्कषण बढ्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ संस्थाहरुबाट स्वास्थ्य सामग्री सहयोग



अ+ अ-

काठमाडौं । लुम्बिनीमा रहेको चिनियाँ बौद्ध गुम्बा र हुइ चाउमा रहेको यान सियान एन्सिएन्ट टेम्पलका बौद्धमार्गीहरुका तर्फबाट स्वास्थ्य सामग्रीहरु सहायता गरिएको छ । 

बौद्ध गुम्बा र सो टेम्पलका तर्फबाट यहाँका विद्यार्थीहरुलाई ती सामग्रीहरु सहयोग गर्न लगाइएको थियो । यसका लागि प्राध्यापक लु बक्सियाङले पनि लु बान कोर्सका विद्यार्थीहरु सो सहयोगका लागि परिचालन गर्नुभएको थियो । 

प्राध्यापक लु, ती विद्यार्थीहरु र स्कुलले नेपाललाई विगत लामो समयदेखि सहयोग गर्दै आएका छन् । उनीहरुले नेपालमा विसं२०७२ मा आएको भूकम्पका समयमा पनि सहायता गरेका थिए । 

यस अवसरमा ३८ अक्सिजन मेसिन, तीन ओटा हाइपोक्लोर्स एसिड जडित स्वचालित डिस्इन्फेक्सन मेसिन, ६० ओटा एयर डिसइन्फेक्टेड सोलुसन्स आदि सहयोगस्वरुप उपलब्ध गराइएको छ । 

यसअघि पनि बुद्धिष्ट एसोसिएसन अन्तर्गतका चङहाउ र सेनचेन हङ्फा मन्दिरको च्यारिटी फाउन्डेसन तथा चिनियाँ बौद्ध गुम्बाहरुको संस्थाले नेपाललाई ठूलो मात्रामा सर्जिकल लगायतका मास्क र अन्य स्वास्थ्य सामग्री सहयोग गरेका थिए । 

नेपाल सरकारले जारी राखेको कोरोना महामारी नियन्त्रणको प्रयासमा सघाउने उद्देश्यले ती संस्थाहरुका तर्फबाट सहयोग उपलब्ध गराइएको छ । 

गत वर्षपनि चीनको बुद्धिस्ट एसोसिएसनका अन्तर्राष्ट्रिय सदस्य तथा लुम्बिनीमा रहेको चिनियाँ बौद्धगुम्बाका निर्देशक सि चोङयोङको सहयोगमा ती सामग्री नेपाल ट्रान्स हिमालयन सोसाइटीका अध्यक्ष प्रा डा . राजिवकुमार झालाई हस्तान्तरण गर्नुभएको थियो ।