काठमाडौं । खोप केन्द्रसम्म जान नसक्ने जेष्ठ नागरिक,अशक्त तथा अपांगता भएका र दृष्टिविहीन लगायत दीर्घरोगीहरुलाई घर घरमै गएर खोप सेवा उपलब्ध गराउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
शुक्रवार न्यायाधीश प्रकाश ढुंगानाको एकल इजलासले अधिवक्ता प्रवेश केसीको रिटमाथि सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।
संविधानले दिएको मौलिक हक कार्यन्वयनका सन्दर्भमा अदालतले यस्तो आदेश जारी गरेको हो ।