काठमाडौँ । कोजाग्रत पूर्णिमाको अवसरमा आरोहण गुरुकुलले चियापानको आयोजना गरेको छ ।
सुपरिचित कलाकारहरु सहभागी भएको चियापान समारोहमा कलाकार तथा रङ्गकर्मीहरुले आफूभन्दा अग्रजबाट कोजाग्रत पूर्णिमाको टीका लगाएका थिए ।
सो अवसरमा वरिष्ठ पत्रकार भैरव रिसाल, कानून व्यवसायी एवं पूर्वसांसद राधेश्याम अधिकारी, कलाकार किरण मानन्धर, शशि शाह, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, हरिहर शर्मालगायत समाजका प्रतिनिधि पात्रहरुको सहभागिता थियो ।
आरोहण गुरुकुलका रङ्गकर्मी सुनिल पोखरेलले समाजका प्रतिनिधि पात्रहरु जमघट हुने यस्तो परम्परालाई निरन्तरता दिँदै आउनुभएको छ ।