२३ आश्विन २०८१, बुधबार
,
Latest
दशैंको उल्लास, देशभर कहाँ के भइरहेको छ ? (फोटो फिचर) जग्गा, आवास व्यवस्था पुनरावलोकन गर्न कार्यदल गठन गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ



अ+ अ-

काठमाडौं । प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोबाट खटिएको टोलीले बैंकिङ कसुरमा दोषी ठह¥याइएका फरार एक व्यक्तिलाई आज पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने ४८ वर्षीया प्रेमकुमारी खड्गी रहेका छन्  । उनले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई झुक्यानमा पारी चेक दिएकामा अदालतले बैंकिङ कसुर गरेको ठहर गरेको थियो । 

बैंकिङ कसुरजन्य अपराध गरेको उच्च अदालत पाटनको २०७६ साल जेठ २१ को फैसलाले बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम पाँच दिन कैद र रु बीस लाख जरिवाना हुने ठहर गरेकामा उनी फरार हुँदै आएकी थिइन् । 

फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलास एवं पक्राउका लागि परिचालित टोलीले उनलाई आज काठमाडौँको सोहृखुट्टेबाट पक्राउ गरी फैसला कार्यान्वयनका लागि ललितपुर जिल्ला अदालतमा पेस गरेको प्रहरी उपरीक्षक श्यामकुमार महत्तोले जानकारी दिनुभयो ।