११ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवाका बाढीपीडितका लागि चाँगुनारायणले ५० लाख सहयोग गर्ने भोटेकोशी बाढीपीडितका लागि इन्द्रावतीले १० लाख दिने विद्युत् आपूर्ति नियमित हुँदै बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिबारे अध्ययन गर्न समिति गठन जाजरकोटका पहिरो प्रभावित ८९७ जनाका लागि तीन स्थानमा अस्थायी सेल्टर बाढी पीडितका लागि कास्कीका दुई पालिकाद्वारा रु ५५ लाख सहयोग बाढी प्रभावितका लागि लहान नगरपालिकाद्वारा ११ लाख सहयोग कांग्रेसका कर्णाली प्रदेशसभा सदस्यहरुले बाढीपीडितलाई दुई लाख २५ हजार सहयोग गर्ने वीर र ट्रमामा नेपाल प्रहरीको नागरिक सहायता कक्ष भोटेकोशी बाढीः त्रिशूली नदीको गोरखातर्फ ३९ शव फेला
तपाईं के खोज्दै हुनुहुन्छ ?

टर्कीमा आएको बाढीमा परी २७ जनाको मृत्यु



अ+ अ-

इस्तानबुल । टर्कीमा आएको बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरुको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

शुक्रबार रातभरिमा मृतकको सङ्ख्या १० बढेर २७ पुगेको प्रकोप व्यवस्थापन प्राधिकरणका अधिकारीहरुले जनाएका छन् । बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरुको खोजी तथा उद्धारको प्रयास भइरहेको पनि समाचारमा जनाइएको छ ।

राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाउनु भएको छ । टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरु भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरु संसारभरि नै बढेको विज्ञहरुले बताएका छन् ।