२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल

फुटबलर शान्ता नेपालीलाई २ लाख ५९ हजार रुपैयाँ सहयोग

फुटबलर शान्ता नेपालीलाई २ लाख ५९ हजार रुपैयाँ सहयोग
अ अ+ अ-

काठमाडौं । फुटबलर शान्ता नेपालीलाई नेप्लेज डटकमले सञ्चालन गरेको सहयोग अभियान अन्तर्गत शुक्रबार २ लाख ५९ हजार रुपैयाँ हस्तान्तरण गरेको छ । तीन साता अघि नेप्लेजले शान्ताको आर्थिक अवस्थाका विषयमा भिडियो तयार पारि युट्युवमा प्रशारण गरेको थियो । उक्त भिडियो सार्वजनिक भएपछि देश विदेशमा रहेका नेपालीहरुले सहयोग गरेका हुन् ।

शुक्रबार वालिङ नगरपालिकाको सभाहलमा भएको एक समारोहकाबीचमा नगरपालिकाका मेयर दिलिप प्रताप खाँडको उपस्थितिमा उक्त सहयोग रकम हस्तान्तरण गरेको हो । शान्तालाई नेपाली राष्ट्रिय फुटबल टिमका तर्फबाट नगद एक लाख रुपैयाँ सहयोग प्राप्त भएको थियो । नगदसहित टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले शान्तालाई आगामी दिनको शुभकामना दिएका थिए ।

यसैगरी युकेमा बस्ने सुनिल प्रधानले गो फण्ड युके मार्फत सहयोग रकम जुटाउन सहयोग गरेका थिए । उनले सबैसँगबाट एक लाख रुपैयाँ सहयोग रकम पठाएका थिए । यसैगरी अस्ट्रेलियाबाट मुकुल क्षेत्रीले व्यक्तिगत रुपमा ५० हजार तीन सय रुपैयाँ सहयोग गरेका छन् । शान्तालाई केल्मी नेपालले एक सेट ट्रयाक सुट पनि प्रदान गरेको थियो ।

कार्यक्रममा मेयर खाँडले शान्ताको परिवारलाई नगरपालिकाले पाँच आना जग्गा दिने प्रक्रिया अघि बढाइएको जानकारी दिए । वडा नम्बर ८ का सात परिवारलाई जग्गा दिने प्रक्रिया अघि बढाइएकोमा शान्ताको नाममा मात्रै जग्गा पास हुन बाँकी रहेको बताए । अहिले वालिङ खेल मैदानको छेउँमा रहेको शौचालयको छतमा दुई कोठाको बस्ने बास्थान पाएकी शान्ताको परिवारलाई आफूहरुले आउँदा दिनमा पनि सहयोग गर्ने बताए ।

विगतमा देशभरका स्थानीय तहहरुमा सर्वाधिक खेलकुदमा बजेट विनियोजन गरेको स्मरण गर्दै खेलकुदको विकासका लागि आफूले चाहँदा चाँहदै पनि बजेट खर्च हुन नसकेको पनि बताए । उनले खेलकुदको राम्रो योजना लिएर आउनेलाई आफूले सहयोग गर्ने प्रतिवद्धता जनाए । यसैगरी नगरपालिकाले खेलाडीका घरपरिवारको एक लाख बराबरको स्वास्थ्य विमा पनि गरिएको जानकारी दिए ।

कार्यक्रममा स्कुल अफ डेमोक्रेसी संस्थाका स्याङ्जा अध्यक्ष अनुप श्रेष्ठले शान्तालाई नगरपालिकाले दिने पाँच आना जग्गामा दुई कोठे घर आफूहरुले निर्माण नै निर्माण गरिदिने प्रतिबद्धता जनाएका छन् । सहयोग रकम ग्रहण गरेपछि शान्ताले यो सहयोगले आफूलाई ठूलो सहयोग पुग्ने बताइन् । सहयोगी मनहरुलाई धन्यवाद दिँदै आगामी दिनमा अझ राम्रोसँग खेल्न प्रेरणा मिल्ने बताए ।

कार्यक्रमका सभापति ट्रिनिटी क्लबका अध्यक्ष राजु गुरुङले खेलकुदमा सबैसँगै मिलेर अघि बढ्दा वालिङको नाम चिनाउन सजिलो हुने बताए । राजनीतिक आस्थाका आधारमा भन्दा पनि खेलकुदको भावनाका साथ अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

पवर्तको मार्दी क्लबलाई पनि सहयोग
कार्यक्रममा पवर्तको मार्दी क्लबलाई पनि खेल सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि खाँड र सभापति गुरुङले मार्दी क्लबका प्रशिक्षक अविनाश बस्याल (अर्जुन) लाई बल र जर्सी सेट प्रदान गरेका थिए । केल्मी नेपाल र प्रशिक्षक अब्दुल्लाहको तर्फबाट १० वटा बल र १० सेट जर्सी सहयोगका लागि प्राप्त भएको थियो ।