१९ असार २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान एल निनो तीव्र बन्दै, चरम मौसमको जोखिम बढ्ने कुनै पनि टिम सुरक्षित नरहेको विश्वकप सरकारले सय दिनमा जनताले महशुस हुनेगरी काम गर्न सकेनः अध्यक्ष राई पूर्वी नेपालमा विपद् प्रतिकार्यमा सेनाको तयारी पूरा ६ महिनादेखि महँगी भत्ता नपाएपछि प्रेस काउन्सिलका कर्मचारी आन्दोलित, कामकाज ठप्प १२औँ दिन पनि दृष्टिविहीनको आन्दोलन जारी, स्वरोजगार गर्न दिन सरकारसँग माग ठगीको अभियोगमा एक जना पक्राउ मोड्रिकलाई भावुक बिदाइ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालले ४० लाख डोज मोर्डना खोप पाउने



अ+ अ-

काठमाडौं । नेपालले कोभ्याक्स संयन्त्रमार्फत कोभिड-१९ विरुद्ध ४० लाख डोज मोर्डना खोप पाउने भएको छ । 

विश्व बैंकले सो मात्राको खोप नेपाललाई खरिद गरिदिने भएपछि नेपाललाई ४० लाख डोज खोप प्राप्त हुने भएको हो ।

शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले किनिदिने सो खोप नेपालले कोभ्याक्स संयन्त्रमार्फत पाउनेछ ।

विश्व बैंकले सन् २०२२ को मार्चदेखि खोपको आपूर्ति सुरु हुने जनाउँदै १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई उक्त खोप प्रभावकारी हुने समेत भनेको छ ।