काठमाडौं । नेपालले कोभ्याक्स संयन्त्रमार्फत कोभिड-१९ विरुद्ध ४० लाख डोज मोर्डना खोप पाउने भएको छ ।
विश्व बैंकले सो मात्राको खोप नेपाललाई खरिद गरिदिने भएपछि नेपाललाई ४० लाख डोज खोप प्राप्त हुने भएको हो ।
शुक्रबार विश्व बैंक र गाभी संयन्त्रबीच ४ मिलियन डोज मोर्डना खोप खरिदबारे सम्झौता भएको बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ । विश्व बैंकले किनिदिने सो खोप नेपालले कोभ्याक्स संयन्त्रमार्फत पाउनेछ ।
विश्व बैंकले सन् २०२२ को मार्चदेखि खोपको आपूर्ति सुरु हुने जनाउँदै १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीलाई उक्त खोप प्रभावकारी हुने समेत भनेको छ ।