१९ असार २०८३, शुक्रबार
,
Latest
अडियो समस्या देखिएपछि राष्ट्रिय सभाको बैठक स्थगित आज बस्दै संवैधानिक परिषद्को बैठक, रिक्त संवैधानिक पदमा नियुक्ति सिफारिसको तयारी नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध हुन्छः मन्त्री पोखरेल थमन बिक हत्या प्रकरणमा दोषी ठहरिएका पूर्वसांसद लक्ष्मी महतो कारागार चलान वीरगञ्जमा बाल उद्यान तथा शिशु स्याहार केन्द्र सञ्चालन, महिलाको रोजगारी सहभागिता बढ्ने अपेक्षा पाल्पाबाट दालचिनी भारत निर्यात डेरी क्षेत्रका लागि पाँचवर्षीय रणनीति बनाउने नेपाल डेरी एसोसिएसनको निर्णय ‘लुम्बिनी अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान’ स्थापना हुने स्वास्थ्य बीमा बोर्डद्वारा २३ अर्ब ४४ करोड रुपैयाँभन्दा बढी दाबी भुक्तानी, मंसिरसम्मको बक्यौता फरफारक सरकारका सय दिनः राष्ट्रिय हित केन्द्रित कूटनीतिक अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

तेस्रो लहर आउन सक्ने भन्दै आइसोलेसन र अस्पताल तयारी अवस्थामा राख्न गृह मन्त्रालयको निर्देशन



अ+ अ-

काठमाडौं । सरकारले कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने बताउँदै कोरोना संक्रमितको उपचारका लागि आइसोलेसन सेन्टर, अस्पताल र मेडिकल कलेज सूचीकृत गर्ने व्यवस्था मिलाउन ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ)हरुलाई निर्देशन दिएको छ।

गृह मन्त्रालयले सूचनामार्फत कोरोना संक्रमणको तेस्रो लहर आउन सक्ने सम्भावनालाई मध्यनजर गरी आइसोलेसन सेन्टर, अस्पताल, मेडिकल कलेजहरुमा आवश्यक व्यवस्थापन गर्न निर्देशन दिएको हो ।

यस्तै पहिलो र दोस्रो लहरको बेलामा सूचीकृत अस्पतालहरु हाल स्थगन गरिएको हुँदा सम्भावित तेस्रो लहरको सम्भावनालाई मध्यनजर गर्दै हाल अस्पताललाई सूचीकृत गर्नुपर्ने आवश्यक देखिएको मन्त्रालयको निष्कर्ष छ । 

मन्त्रालयले आवश्यकताको आधारमा आइसोलेसन सेन्टर, अस्पतालहरु र मेडिकल कलेजहरु सूचीकृत गर्न निर्देशन दिएको छ ।

सूचीकृत अस्पतालहरुको सूची स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रमा पठाउनुपर्नेछ ।

मन्त्रालयले सूचीकृत अस्पतालहरुको नियमित सुपरिवेक्षण एवं अनुगमन गर्न पनि भनेको छ ।