काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् ।
कांग्रेसको विधानमा आमन्त्रित केन्द्रीय सदस्यलाई क्षेत्रीय प्रतिनिधि सरह अधिकार नदिएकोमा असन्तुष्ट रहेका उनीहरुले राजीनामा दिने घोषणा गरेका हुन् ।
कांग्रेस विधानमा केन्द्रीय पदाधिकारी र सदस्य स्वतः महाधिवेशन प्रतिनिधि हुने व्यवस्था छ । उक्त व्यवस्था हटाउनपर्ने उनीहरुले माग राखेका छन् ।