• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

काठमाडौँ ५ मा पोखरेल र पौडेल आमने सामने



काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत काठमाडौँ–५ बाट प्रत्यक्षतर्फ नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल आमनेसामने हुनुभएको छ ।

सत्ता गठबन्धनबीचको भागबण्डामा नेपाली कांग्रेसले पाएको सो क्षेत्रमा युवा नेता पौडेललाई उम्मेदवार बनाउने कांग्रेसले निर्णय गरेको हो । पौडेलले गृहजिल्ला तनहुँको क्षेत्र नं २ बाट उम्मेदवारी बन्ने तयारी गरेको भए पनि पार्टीले उहाँलाई काठमाडौँ ५ बाट उम्मेदवार बनाएको हो ।

सो निर्वाचन क्षेत्रबाट रञ्जु दर्शनाले समेत स्वतन्त्र उम्मेदवारी दिने भएकी छन् ।