२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल

थप तीन अस्पतालबाट खोपको प्रमाणिकरण हुने

थप तीन अस्पतालबाट खोपको प्रमाणिकरण हुने
अ अ+ अ-

काठमाडौं । विगतमा कोरोना विरुद्धको भ्याक्सिन लगाएका व्यक्तिलाई वैदेशिक यात्राको प्रयोजनका लागि थप तीन अपतालबाट खोपको प्रमाणिकरण गर्न किने व्यवस्था मिलाइएको छ । गृह मन्त्रालयका अनुसार यसअघि टेकु अस्पतालबाट हुँदै आएकामा अब त्यसका अतिरीक्त पाटन, नेपाल प्रहरी तथा निजामती अपतालबाट प्रमाणीकरण गर्न सकिने व्यवस्था मिलाइएको गृह मन्त्रालयले आज एक सूचना जारी गरी जनाइएको छ । 

यसअघि टेकु अस्पतालबाट मात्रै प्रमाणीकरण हुँदै आएको थियो । विदेश जाने मानिसको चाप बढ्दै गएकाले उक्त व्यवस्था गरिएको जारी सूचनामा उल्लेख छ । यसअघि उपत्यका बाहिरका ५० शैयाभन्दा माथिका सरकारी अस्पतलासमेतबाट खोप प्रमाणीकरण गर्ने व्यवस्था छ ।

जारी सूचनामा कतिपय मुलुकले क्यूआर कोडसहितको खोप प्रमाणीकरणलाई मात्रै मान्यता दिने गरेको सन्दर्भलाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको वेव साइट जततउकस्ररखबअअष्लभ।mयजउ।नयख।लउ मा खोप लगाएको विवरण प्रविष्ट गरी प्रमाणीकरण गर्न किनेछ । आवश्यक कागजात अनलाइन फर्ममा रहेको कबुलियतनामाको नमूना अपलोड गरी उक्त कोड प्राप्त गर्न सकिने व्यवस्था मिलाइएको जनाइएको छ ।

यसरी अपलोड भएका कागजात स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको अनलाइनबाट स्वतःप्रमाणीकरण हुने हुनाले क्यूआर कोड सबैले पाउने व्यवस्था मिलाइएको छ । यस विषयमा कुनै समस्या परेमा वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक झा (मोवाइल ९८४३२८४३५२ मा) लाई सम्पर्क गर्न सकिने गृह प्रवक्ता फणिन्द्रमणि पोखरेलद्वारा जारी विज्ञप्तिमा छ ।