१५ असार २०८३, सोमबार
,
Latest
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा नेप्से परिसूचकमा दोहोरो अङ्कको गिरावट कीर्तिपुरकाे होल्डिङ सेन्टरबाट एक जना पक्राउ कालो सिसा हटाउन नाडा–ट्राफिकबिच छलफल, स्टिकर हटाउनबाट अभियान सुरु गर्न सुझाव गृहमन्त्री गुरुङले लगाए आफ्नो गाडीबाट कालो सिसा हटाउन २५ लाखभन्दा माथिको शेयर कारोबारमा १ प्रतिशत शुल्क हटाइने लेखापरीक्षणको गुणस्तर सुधार्न वित्तीय तथा संगठनात्मक स्वायत्तता आवश्यक छ : महालेखा परीक्षक राय अर्थमन्त्रीद्वारा राष्ट्रिय सभामा विनियोजन विधेयक, २०८३ प्रस्तुत
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाली कांग्रेसका सहमहामन्त्री मन्सुरले मैदान छाडेपछि…



अ+ अ-

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग सहकार्य गरेपछि बारा क्षेत्र नं ३ नेपाली कांग्रेसको भागमा पर्यो ।

यसअघि सोही क्षेत्रबाट उठ्दै आएका सहमहामन्त्री फर्मुल्ला मन्सुरलाई यस पटक पनि सोही क्षेत्रबाट उम्मेदवार बन्न शुक्रबार पार्टीका नेताहरुले आग्रह गरे ।

तर मन्सुरले समानुपातिक तर्फ मुस्लिम क्लष्टरमा नाम रहेका कारण प्रत्यक्ष तर्फ उम्मेदवार बन्न अनिच्छा व्यक्त गर्नुभयो । जसका कारण कांग्रेसले बारा क्षेत्र नं ३ मा भरपर्दो उम्मेदवार नै तय गर्न सकेको छैन ।

बैठकमा सहभागी एक नेताका अनुसार, पटक पटक सोही क्षेत्रबाट नेपाली कांग्रेस एक्लैले निर्वाचन लड्दा विजयी हुनु भएका मन्सुर नै प्रत्यक्ष तर्फ उम्मेदवार हुन तयार हुनु भएन । झन गठबन्धन भएको बेला सहज हुन्छ भन्ने अनुमान थियो तर उहाँ निर्वाचनमा जान डराउनु भयो ।

स्थानीय तहको निर्वाचनका बेला पार्टीका उम्मेदवार बिरुद्ध उहाँले खेल्नु भएको भूमिकालाई लिएर कार्यकर्तामा असन्तुष्टि छ । उहाँलाई त्यसैले डर भएर निर्वाचनमा जाने आँट नगर्नु भएको हुन सक्छ, ती नेताले भन्नुभयो ।

अन्य निर्वाचन क्षेत्रमा टिकटमा लागि निकै माथापच्छि भै रहँदा बारा क्षेत्र ३ मा भने उम्मेदवार नै नहुनु दुःखद भएको ती नेताले बताए । यदि मन्सुर नजाने हो भने कुनै डमी उम्मेदवार तय हुन्छ, त्यो भनेको अर्को प्रतिस्पर्धी पार्टीलाई सिट सुम्पनु हो ।