२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar विपद् जोखिम न्यूनीकरणलाई प्राथमिकता दिन राष्ट्रपति जर्दारीको आग्रह News Polar कांग्रेस महिला खुला केन्द्रीय सदस्यमा वासना थापासहित १५ जना निर्वाचित News Polar मकवानपुरकाे कैलाशमा निःशुल्क स्वास्थ्य शिविर, ४९० जनाले लिए सेवा News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल

यातायात अध्ययन समितिले बुझायो ३ बुँदे सुझावसहित प्रतिवेदन

यातायात अध्ययन समितिले बुझायो ३ बुँदे सुझावसहित प्रतिवेदन
अ अ+ अ-

काठमाडौँ गन्तव्य हुने यातायातको व्यवस्थापनमा महानगरले नेतृत्व लिन्छ, यसमा संघ र प्रदेश सरकारले सहयोग गर्नुपर्छ — प्रमुख शाक्य 

काठमाडौँ । काठमाडौँ महानगरकी उपप्रमुख हरिप्रभा खड्गीको संयोजकत्वमा गठित ‘लामो दुरीका सार्वजनिक सवारी साधन व्यवस्थापन अध्ययन समिति’ ले प्रतिवेदन बुझाएको छ । समितीले शुक्रबार महानगरका प्रमुख विद्यासुन्दर शाक्यलाई प्रतिवेदन बुझाएको हो । 

प्रतिवेदनमा मध्यम दुरीका सवारी साधनको दिगो व्यवस्थापनलाई दृष्टिगत गर्दै ३ बुँदे सुझाव दिएको छ । सुझावको पहिलो बुँदामा राष्ट्रिय यातायात व्यवसायी महासंघले मध्यम दुरीका सवारीका लागि बसपार्कका सम्बन्धमा राखेको विषयलाई समेटेको छ । 

यसमा भनिएको छ, ‘तत्काल यात्रुवाहक सवारी साधनको व्यवस्थापन जडीबुटी पुल पूर्वको मनोहरा खोला करिडोर मर्मत सम्भार गरी वा सल्लाघारी तीनकुने सडक किनाराबाट दैनिक रुपमा सवारी साधन सञ्चालनमा ल्याउने ।’

खुल्ला मञ्चबाट सञ्चालन भएको बसपार्क ०७८ बैशाख १६ बाट बन्द गरेर महानगरले सहरी यातायातलाई ‘पिक एण्ड ड्रप’ प्रणालीबाट र मध्यम दुरीका सवारीलाई नयाँ बसपार्क गोङ्गबुबाट सञ्चालन गर्न अनुरोध गरेको थियो । महानगरको यो आग्रहपछि राष्ट्रिय यातायात व्यवसायी महासंघले नयाँ बसपार्क मध्यम दुरीका सवारी सञ्चालनका लागि अपायक हुने भन्दै हाललाई खुल्ला मञ्च नै उपलब्ध गराउन निवेदन दर्ता गरेको थियो । 

व्यवसायीको मागका विषयमा अध्ययन गर्न साउन १५ गते बसेको महानगरको ६५ औँ कार्यपालिका बैठकले उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको थियो । समितिको सदस्यहरुमा कार्यपालिका सदस्यहरु नवराज पराजुली, चिनियाँमान बज्राचार्य, ख्यामराज तिवारी र चिनीकाजी महर्जन हुनुहुन्थ्यो । उहाँहरुलाई महानगरका निर्देशक ध्रुवकुमार काफ्ले, नगर प्रहरी उपरीक्षक धनपति सापकोटा, ट्राफिक प्रहरी महाशाखाका प्रहरी नायव उपरीक्षक सुनिलजङ्ग शाह र प्रहरी निरीक्षक दामोदर सिलवालले सहजीकरण गर्नुभएको थियो । 

प्रतिवेदन बुझाउँदै समितिका संयोजक खड्गी श्रेष्ठले, सरोकारवालासँग गरिएको कुराकानी, स्थलगत भ्रमण अवलोकन र सहरी आवश्यकतालाई अध्ययनको आधार बनाइएको बताउनुभयो । 

तत्कालका लागि गरिने समाधानसँगै संघ र प्रदेश सरकारको सहयोग तथा लागत सहभागितामा सवारी साधनको प्रकृतिअनुसार यात्रुवाहक बस, मालबाहक ट्रक र मालबाहक ठूला कन्टेनरका लागि छुट्टाछुट्टै टर्मिनल बनाएर सञ्चालन गर्नुपर्ने हाम्रो सुझाव छ । संयोजक खड्गी श्रेष्ठले भन्नुभयो, दिगो व्यवस्थापनका लागि ‘काठमाडौँ उपत्यकाका सबै पालिका, काभ्रेका धुलिखेल, बनेपा र पनौती नगरपालिका तथा यातायात व्यवसायीसहित सरोकारवालाको सहभागितामा यातायात कम्पनी स्थापना गरेर कम्पनीमार्फत दीर्घकालीन योजना सञ्चालन गर्नुपर्ने’ हामीले दिएको प्रतिवेदनको अर्को सुझाव हो । 

प्रतिवेदन बुझेपछि प्रमुख शाक्यले, लामो दुरीका सार्वजनिक सवारी सञ्चालन र व्यवस्थापन संघ र प्रदेश सरकारको पनि जिम्मेवारी रहने हुँदा काठमाडौँ महानगरले नेतृत्व गर्ने दुवै सरकारले सहयोग गर्ने गरी योजना निर्माण गर्नुपर्ने बताउनुभयो । ‘अध्ययन समितिबाट प्रतिवेदन प्राप्त भयो । यो प्रतिवेदन ६८ औँ कार्यपालिका बैठकको एजेन्डा हुनेछ । त्यहाँबाट प्राप्त हुने सुझावका आधारमा अगाडि बढ्न सहज हुनेछ ।’  प्रमुख शाक्यले तत्काल बसपार्क सञ्चालन गर्न सकिने ठाउँको पूर्वाधार निर्माणमा महानगरले लगानी गर्नेछ । यसमा व्यवसायीको पनि लगानी हुनेछ । 

अन्य पालिकाका जनप्रतिनिधिले सवारी व्यवस्थापन आफ्नो समस्याका रुपमा नबुझेको महसुस भयो । प्रतिवेदन बुझाएपछिको प्रतिक्रियामा समितिका सदस्यहरु नवराज पराजुली र चिनीकाजी महर्जनले बुझाइ सुनाउनुभयो । सहरी व्यवस्थापनको धेरै दायित्व महानगरले लिनुपर्छ । तर, अन्य पालिकाले पनि समस्याको महसुस गर्नुपर्छ । उहाँहरुको भनाइ थियो ।   

प्रतिवेदनमा, काठमाडौँ उपत्यकामा १४ लाख विभिन्न खाले सवारी सञ्चालनमा रहेको र त्यसमध्ये ८० प्रतिशत सवारी काठमाडौँ महानगरपालिका क्षेत्र केन्द्रीत भएर चलेको तथ्याङ राखिएको छ ।