२३ आश्विन २०८१, बुधबार
,
Latest
गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा छौं : स्वास्थ्य राज्यमन्त्री



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले किशोरकिशोरीका लागि कोरोना विरुद्धको मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका बताएका छन् । 

श्रेष्ठले लेखेका छन्, ‘सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेका छौं । किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका छौं । दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हो ।’