२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा छौं : स्वास्थ्य राज्यमन्त्री



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक रहेको बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै मन्त्री श्रेष्ठले सो कुरा बताएका हुन् ।

उनले किशोरकिशोरीका लागि कोरोना विरुद्धको मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका बताएका छन् । 

श्रेष्ठले लेखेका छन्, ‘सबैथरी परीक्षार्थीलाई खोप लगाउन गृहकार्य गरिरहेका छौं । किशोरकिशोरीका लागि मोडर्ना खोप प्राप्त गर्ने क्रममा रहेका छौं । दक्षिण एसियामै गाभीबाट लागत सहभागितामा खोप प्राप्त गर्ने नेपाल पहिलो मुलुक हो ।’