२३ आश्विन २०८१, बुधबार
,
Latest
गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस बैठक बस्दै, कहिले होला महाधिवेशन ?



अ+ अ-

काठमाडौं । बिहीबारदेखि जारि नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्ने भएको छ । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा दिउँसो २ बजे बस्ने भएको हो । 

बैठकमा महाधिवेशन निर्वाचन निर्देशिका, क्रियाशील सदस्य केन्द्रीय छानविन समिति र समायोजन समितिको प्रतिवेदन पारित हुने तय भएको छ । बैठकले १४ औं महाधिवेशनको नयाँ कार्यतालिका  पारित गर्न सक्ने जनाएको छ । यद्यपि बैठकमा कार्यतालिका पेस भएको छैन । 

भदौ १६–१९ का लागि निर्धारित १४ औं महाधिवेशन सार्ने सम्बन्धमा काँग्रेसभित्र मतभेद छ । विहीबार र शुक्रबारको बैठकमा बोल्ने केन्द्रीय सदस्यहरूमा दुई खाले मत विभाजन देखिएको छ । 

संस्थापन पक्षबाट आउँदो मंसिरभित्र महाधिवेशन गर्ने गरी धारणा आइरहेको छ भने संस्थापन इत्तर समूहले असोजमै महाधिवेशन गर्नुपर्नेमा जोड दिएको छ । बैठकमा आउने रायलाई समेटेर नयाँ कार्यतालिका ल्याउने महामन्त्री पूर्णबहादुर खड्काले बताए । 

उनका अनुसार शनिबारको बैठकमा नयाँ कार्यतालिका आउने सम्भावना छ । उनले भने, ‘केन्द्रीय सदस्यहरुले आ आफ्नो धारणा राखिराख्नु भएको छ । त्यो क्रम आज पनि जारी रहन्छ । उहाँहरुले धारणा राख्ने क्रम सकिए आजै पनि नयाँ कार्यतालिका बैठकमा पेस हुन्छ ।’

काँग्रेस नेताहरुका अनुसार भदौमा वडा अधिवेशन गरेर मंसिरमा महाधिवेशन गर्ने गरी नयाँ कार्यतालिका आउने सम्भावना छ । विहीबार र शुक्रबार बोल्ने केन्द्रीय सदस्यहरुले महाधिवेशनको कार्यतालिका  बैठक पेस नगरेकोमा विरोध जनाएका थिए ।