२३ आश्विन २०८१, बुधबार
,
Latest
गायिका विष्णु माझीको स्वरमा ‘परदेशी मेरो परदेशी’ बोलको दशैं गीत सार्वजनिक अर्थमन्त्री पौडेलद्वारा उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगका पदाधिकारीलाई नियुक्ति पत्र प्रदान गौशालास्थित धर्मशाला संरक्षण गर्न खोज्दा प्रहरीले अबरोध गरेको भन्दै मेयर बालेनको आक्रोश भक्तपुरमा आज घरघरमा फूलपाती भित्र्याइयो प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा ‘होलिडे इन रिसोर्ट’ को उद्घाटन टिकाभैरवका सय घरधुरी बाढी पीडितलाई राहत वितरण मोबाइलको लतबाट हटाउन बालबालिकालाई ‘फन पार्क’ फूलपातीदेखि चितवन निकुञ्जभित्र जीप सफारी दसैँ अविधमा यस्तो छ मौसम बेकर, जम्पर र हसाबिस रसायनशास्त्रतर्फको नोबेल पुरस्कारबाट सम्मानित
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति ढिलो खाना खाने बानी छ ? देखिन सक्छन् यस्ता समस्या



अ+ अ-

काठमाडौं । स्वस्थ रहनका लागि सही समयमा खाना खानु अत्यन्त जरुरी छ । गलत सयममा खाना खाँदा शरीरलाई फाइदा होइन नोक्सान पुग्छ । राति ढिलो खाना खानेलाई विभिन्न समस्या आउने चिकित्सकहरुले बताएका छन् । एक अध्ययनका अनुसार रातिको खानामा सुत्नुभन्दा ३ घण्टा पहिले खाने गर्नुपर्छ । र, अन्य स्न्याक्सहरु ९० मिनेट पहिले नै खाने गर्नुपर्छ । 

रातिमा ढिलो खाना खाँदा के के खतरा आउँछ ?

मोटोपना : राति ढिलो खाना खानुको अर्थ मोटोपनालाई निमन्त्रणा दिनु हो । नर्थ वेस्टर्न युनिभर्सिटीको अनुसार सुत्ने समयमा खाना खाँदा मोटोपनको खतरा बढ्छ । शरीरलाई लामो समयसम्म अतिरिक्त क्यालोरी जम्मा हुन्छ जुन फ्याटको रुपमा परिवर्तन हुन्छ ।

उच्च रक्तचाप, मधुमेह, हृदयरोग : युनिभर्सिटी अफ पेन्सिलभेनियामा भएको एक अध्ययनले राति ढिलो खाना खाँदा उच्च रक्तचाप, मधुमेह र हृदयसम्बन्धी रोगहरु लाग्ने खतरा बढ्छ । राति ढिलो खाना खाँदा ग्लुकोजको मात्रा बढ्छ । यसले रगतमा बासोको मात्रा बढ्छ । जसले मुटुसम्बन्धी समस्या हुन्छ । 

स्मरणशक्तिमा असर : युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलिसका वैज्ञानिकका अनुसार मुसामा गरिएको प्रयोगमा मुसालाई सुत्ने समयमा भोजन गराइएको थियो । राति ढिलो खाना खाँदा मुसाको स्मरणशक्तिमा प्रभाव पार्छ । र सिक्ने क्षमता प्रभावित भयो । मुसामा स्मरण बनाउने अणु प्रभावित भएको थियो ।

खाना खाने बानी बिग्रन्छ : राति ढिलो खाना खाने गर्दा खाना खाने बानीमा असर पर्छ । यद्यपि, यस्तो थकानका कारण हुन्छ । थकानका कारण व्यक्तिको छिट्टै पेट भरिन्छ । 

पाचन प्रक्रियामा असर : राति ढिलो खाना खाँदा शारीरिक गतिविधि कम हुन्छ । जसले गर्दा मेटाबोलिज्ममा असर पुग्छ । शरीरमा भोजन पचाउने क्षमतामा पनि असर पर्छ । यसले शरीरमा सही पोषक तत्व पनि प्राप्त हुँदैन । र बिरामी हुने सम्भावना पनि बढ्छ ।