१९ असार २०८३, शुक्रबार
,
Latest
ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक
तपाईं के खोज्दै हुनुहुन्छ ?

राति ढिलो खाना खाने बानी छ ? देखिन सक्छन् यस्ता समस्या



अ+ अ-

काठमाडौं । स्वस्थ रहनका लागि सही समयमा खाना खानु अत्यन्त जरुरी छ । गलत सयममा खाना खाँदा शरीरलाई फाइदा होइन नोक्सान पुग्छ । राति ढिलो खाना खानेलाई विभिन्न समस्या आउने चिकित्सकहरुले बताएका छन् । एक अध्ययनका अनुसार रातिको खानामा सुत्नुभन्दा ३ घण्टा पहिले खाने गर्नुपर्छ । र, अन्य स्न्याक्सहरु ९० मिनेट पहिले नै खाने गर्नुपर्छ । 

रातिमा ढिलो खाना खाँदा के के खतरा आउँछ ?

मोटोपना : राति ढिलो खाना खानुको अर्थ मोटोपनालाई निमन्त्रणा दिनु हो । नर्थ वेस्टर्न युनिभर्सिटीको अनुसार सुत्ने समयमा खाना खाँदा मोटोपनको खतरा बढ्छ । शरीरलाई लामो समयसम्म अतिरिक्त क्यालोरी जम्मा हुन्छ जुन फ्याटको रुपमा परिवर्तन हुन्छ ।

उच्च रक्तचाप, मधुमेह, हृदयरोग : युनिभर्सिटी अफ पेन्सिलभेनियामा भएको एक अध्ययनले राति ढिलो खाना खाँदा उच्च रक्तचाप, मधुमेह र हृदयसम्बन्धी रोगहरु लाग्ने खतरा बढ्छ । राति ढिलो खाना खाँदा ग्लुकोजको मात्रा बढ्छ । यसले रगतमा बासोको मात्रा बढ्छ । जसले मुटुसम्बन्धी समस्या हुन्छ । 

स्मरणशक्तिमा असर : युनिभर्सिटी अफ क्यालिफोर्निया लस एन्जलिसका वैज्ञानिकका अनुसार मुसामा गरिएको प्रयोगमा मुसालाई सुत्ने समयमा भोजन गराइएको थियो । राति ढिलो खाना खाँदा मुसाको स्मरणशक्तिमा प्रभाव पार्छ । र सिक्ने क्षमता प्रभावित भयो । मुसामा स्मरण बनाउने अणु प्रभावित भएको थियो ।

खाना खाने बानी बिग्रन्छ : राति ढिलो खाना खाने गर्दा खाना खाने बानीमा असर पर्छ । यद्यपि, यस्तो थकानका कारण हुन्छ । थकानका कारण व्यक्तिको छिट्टै पेट भरिन्छ । 

पाचन प्रक्रियामा असर : राति ढिलो खाना खाँदा शारीरिक गतिविधि कम हुन्छ । जसले गर्दा मेटाबोलिज्ममा असर पुग्छ । शरीरमा भोजन पचाउने क्षमतामा पनि असर पर्छ । यसले शरीरमा सही पोषक तत्व पनि प्राप्त हुँदैन । र बिरामी हुने सम्भावना पनि बढ्छ ।