• ९ जेष्ठ २०८१, बुधबार
  •      Wed May 22 2024
  •   Unicode
Logo

जुम्लामा पहिरोः एकै परिवारका पाँच जनाको मृत्यु, दुई बेपत्ता



सांकेतिक तस्बिर

काठमाडौं । जुम्लाको कनकासुन्दरी गाउँपालिका वडा नम्बर ५ स्थित बाराकोटे बाडा भन्ने ठाउँमा पहिरोले पुरिएर एकै परिवारका ५ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता छन् ।

पहिरोमा पुरिएर गणेश बहादुर शाही, उनको छोरा रमेश, रमेशकी श्रीमती पानसरा तथा उनीहरुका छोराहरु अनमोल र मिलनको मृत्यु भएको हो ।

प्रहरीका अनुसार आज बिहान करिब ३–४ बजेतिर घरमाथि पहिरो खसेर उनीहरु पुरिएका थिए । यस्तै, उनीहरुका छिमेकी सुरेन्द्र हमाल र गणेश बहादुर शाही पहिरोमा बेपत्ता छन् । उनीहरुको खोजी भइरहेको छ भने घटनास्थलबाट दुई जनालाई घाइते अवस्थामा उद्धार गरिएको छ ।

घाइतेहरुमध्ये रामबहादुर हमालको अवस्था सामान्य र सरस्वती हमालको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । उनीहरुको अहिले स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।