२७ आश्विन २०८३, मंगलवार Tuesday, October 13, 2026
२७ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar ऋण असुलीबाट समस्याग्रस्त १२ सहकारीका २३५ जनाले पाए रकम News Polar अर्थमन्त्री बैंकक प्रस्थान News Polar सुदूरपश्चिम रोयल्सको स्टे पार्टनरमा रोयल ट्युलिप काठमाडौं News Polar धनकुटामा २० व्यक्तिबाट रक्तदान News Polar भन्सार छलेर ल्याइएका सामान बरामद News Polar बाजुराका मतदाताको नामावली अद्यावधिक News Polar ओमानमाथि नेपालको ११३ रनको शानदार जित News Polar उदयपुरमा १५९ किलो ४०० ग्राम गाँजासहित एक जना पक्राउ News Polar सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगरबस News Polar घटस्थापनादेखि एक लाख नौ हजारभन्दा बढीले छाडे काठमाडौँ उपत्यका News Polar इसिमोडको अध्ययन सार्वजनिक : भोटेकोशी बाढीअघि ४० सेन्टिमिटरसम्म भू–विस्थापन News Polar एलपी ग्यास अब डिलरमार्फतै किन्न संघको आग्रह News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar राष्ट्रपति पाैडेलले जारी गरे दुई वटा अध्यादेश News Polar दोधारा–चादँनी झोलुङ्गे पुल पुनःनिर्माण गर्न २० करोड लाग्ने अनुमान News Polar विद्यार्थी केन्द्रित शिक्षा ऐन निर्माणका लागि गण्डकीका सरोकारवालासँग मन्त्रालयको शिक्षा संवाद News Polar खाद्य तथा औषधि प्राधिकरण स्थापना र सञ्चालनबारे छलफल News Polar किष्ट सेन्टरमा क्यान्सरका बिरामीलाई तीन सातासम्म निःशुल्क सेवा News Polar परराष्ट्रमन्त्री खनालसँग राजदूत सुकलालको भेट News Polar टेलिकम जुम्लाद्वारा पाँच हजार ७८९ सिमकार्ड वितरण

साताको शेयर बजारः ७९ अर्बको कारोबार

साताको शेयर बजारः ७९ अर्बको कारोबार
अ अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा यस साता नयाँ कीर्तिमान कायम भएको छ । नेप्से परिसूचक हालसम्मकै उच्च स्थानमा पुगेको छ । यस्तै कारोबार रकमसमेत औसतमा १६ अर्बको हाराहारीमा रहेको छ । 

नेपाल स्टक एक्सचेन्जका अनुसार यस साता नेप्से तीन हजार एक सय ७९ मा पुगेको छ । औसतमा कूल दुई सय २५ कम्पनीको १४ करोड ९८ लाख ३२ हजार तीन सय १० कित्ता शेयर रु ७९ अर्ब २६ करोड आठ लाख ४० हजार नौ सय १६ मूल्यमा खरिदबिक्री भए । साताभर नै जलविद्युत् उपसमूहको शेयरमा लगानीकर्ताको आकर्षण देखियो । 

साताभर पाँच कारोबार दिन नै नेप्सेमा सुधार भई नै रह्यो । साताको पहिलो दिन नेप्से परिसूचक झिनो अङ्कले सुधार भएको थियो ।  त्यसदिन नेप्से परिसूचक ०।६६ बिन्दुले बढेर तीन हजार १०८.१२ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ ले वृद्धि भई ५७८.०९ मा पुग्यो । 

कूल दुई सय २७ कम्पनीको दुई करोड ६९ लाख ९६ हजार तीन सय १३ कित्ता शेयर रु १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार आठ सय ८७ मूल्यमा खरिदबिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये छ उपसमूहको शेयर उकालो लागेको  छ भने सात उपसमूहको शेयर ओरालो लाग्यो । 

बैंकिङ ०.०८, विकास बैंक ६६.३७, जलविद्युत् ११५.०५, वित्त २१.८९, उत्पादन २.८४ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले उकालो लागेको छ । यस्तै व्यापार ४०.३८, होटेल तथा पर्यटन ३९.९१, निर्जीवन बीमा २०२.७९, अन्य २०.५३, लघुवित्त ७४.०९, जीवन बीमा १०१.५४ र लगानी ०.०४ बिन्दुले घटेको थियो । 

कारोबारका आधारमा अपि पावर कम्पनी शीर्ष स्थानमा रही  रु ८१ करोड ९२ लाख २४ हजार पाँच सय ६० बराबरको कारोबार भयो । 

साताको दोस्रो दिन सोमबार धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्सेमा सामान्य सुधार भए पनि जलविद्युत् समूहको शेयरमा उछाल देखियो । यस्तै कारोबार रकम रु १४ अर्बको हाराहारीमा रह्यो । 

त्यस दिन  नेप्सेमा १.५४ बिन्दुको सुधार आई तीन हजार १०९.६६ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.०५ ले ओरालो लागेर ५७५.९५ मा ओर्लियो । 

कूल दुई सय २५ कम्पनीको दुई करोड ५३ लाख ९३ हजार ६९९ कित्ता शेयर रु १४ अर्ब १३ करोड ७३ लाख ३८ हजार आठ सय ८१ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको शेयरमा उछाल देखियो । सो दिन कारोबारका आधारमा अरुण भ्याली हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रही रु ६७ करोड ४८ लाख ५५ हजार आठ सय ६० बराबरको कारोबार भयो । 

सोमबार आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । आईसीएफसी फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, हिमालयन पावर पार्टनर, नेपाल हाइड्रो डेभलपर, युनियन हाइड्रोपावर, जीवन विकास लघुवित्त, ङादी ग्रुप अफ पावर र युनियन लाइफ इन्सुरेन्सको शेयरमा मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

साताको तेस्रो दिन मङ्गलबार नेप्सेमा उछाल देखियो भने बजार पूँजीकरण ४४ खर्ब १३ अर्ब बराबर पुग्यो । लगातार उकालो लाग्दै आएको नेप्सेमा उछाल देखियो ।  विकास बैंक, वित्त, निर्जीवन बीमा र जीवन बीमा उपसमूहको शेयरका लगानीकर्ताको तीव्र आकर्षण देखिँदा नेप्सेसमेत नयाँ उचाइमा पुग्यो । 

त्यस दिन  नेप्से ५१.८६ बिन्दुले बढेर तीन हजार १६१.४४ मा पुग्यो । ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १२ बिन्दुले बढेर ५८७.९५ मा पुग्यो । 

कूल दुई सय २५ कम्पनीको तीन करोड ३५ लाख ३५ हजार दुई सय १३ कित्ता शेयर रु १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार दुई सय ७९ मूल्यमा खरिदबिक्री भयो । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १३ अर्ब १८ करोड तीन लाख २० हजार बराबर पुग्यो । 

कारोबार भएका १३ उपसमूहमध्ये तीन उपसमूहको शेयर मूल्य ओरालो लागेको छ भने १० उपसमूहको शेयर उकालो लाग्यो । कारोबारका आधारमा माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही  रु ८९ करोड ५८ लाख ९३ हजार पाँच सय ३६ बराबरको कारोबार भयो । त्यस दिन १३ कम्पनीको शेयरमा सर्किट लाग्यो । 

साताको चौथो दिन बुधबार नेप्सेमा झिनो मात्रै सुधार भयो तर कारोबार रकम रु १५ अर्ब ४५ करोड बराबर भयो ।  त्यस दिन नेप्से ०.९४ बिन्दुले बढेर नेप्से तीन हजार १६२.५९ मा पुग्यो । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३८ बिन्दुले घटेर ५८५.७१ मा पुग्यो । कूल दुई सय ३० कम्पनीको दुई करोड ७२ लाख ९८ हजार ६ सय २४ कित्ता शेयर रु १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार सात सय ५४ मूल्यमा कारोबार भयो । नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर उकालो लाग्यो भने आठ उपसमूहको शेयर मूल्यमा गिरावट आयो । 

सो दिन पनि कारोबारका आधारमा माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ६८ करोड ३० लाख ७१ हजार सात सय एक बराबरको कारोबार भयो ।  बुधबार छ कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो । 

साताको अन्तिम दिन नेप्सेमा कीर्तिमान कायम भयो । यस्तै बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब बराबर पुग्यो । 

विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो ।  त्यस दिन नेप्से १६.४१ अङ्कले बढेर तीन हजार एक सय ७९ मा पुग्यो । 

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुग्यो । कूल दुई सय २५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार चार सय ६१ कित्ता शेयर रु १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार एक सय १५ मूल्यमा खरिद बिक्री भए । 

कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लाग्यो । कारोबारका आधारमा त्यसदिन माथिल्लो तामाकोसी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रही रु ६२ करोड ७९ लाख ९७ हजार आठ सय बराबरको कारोबार भयो । बिहीबार सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लाग्यो ।