२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पार्टीको विधानमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्छुः ईश्वर पोखरेल



अ+ अ-

काठमाडौं । नेकपा एमालेका महासचिव ईश्वर पोखरेलले पार्टीको विधानमा नै युवा पुस्तालाई समावेशी बनाउन आफूले पहल गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । 

नेकपा एमालेको विधान महाधिवेशन आगामी भदौं २७ र २८ गते काठमाडौं हुँदैैछ ।  महासचिव पोखरेलले पार्टीमा नेतृत्वको रिक्तता हुने अवस्था आउन नदिन पनि आफूले पार्टीको विधान महाधिवेशनमा युवा पुस्तालाई समावेशी बनाउन पहल गर्ने बताउनु भयो । 

शनिबार सुनिता बरालद्धारा लिखित पुस्तक ‘समृद्धिप्रतिको संकल्प’ नामक पुस्तकको विमोचन गर्दै उहाँले पार्टी भित्र नेतृत्वको रिक्तता हुन नदिन पनि युवा÷तन्नेरी पुस्तालाई विधानमै समावेशी बनाएर लैजानुपर्ने आवश्यकता भएको पनि स्पष्ट पार्नु भयो । 

उहाँले भन्नु भयो, ‘विधान अधिवेशन हुँदैछ । सो विधान अधिवेशनमा नेतृत्व निर्माणमा सन्दर्भमा म अगुवाई गरेर कुरा उठाउँछु –पाका पुस्ता पनि चाहिन्छ, अधवैंसे पुस्ता पनि चाहिन्छ । त्यतिले मात्रै पुग्दैन । युवा तन्नेरी पुस्ताको पनि समावेशीता विधानमै व्यवस्थिति हुुनुपर्छ । त्यसो नहुने हो भने पार्टीमा नेतृत्वको रिक्तता हुन्छ ।’

महासचिव पोखरेलले युवा पुस्तालाई पार्टी भित्र समावेशी गराउन विधानमा नै व्यवस्था गर्न युवा, विद्यार्थीहरुलाई दवाव दिन पनि सुरु गर्न निर्देशन समेत दिनु भयो । उहाँले पार्टीका युवा, विद्यार्थीहरुलाई निन्द्रा नै नलाग्ने खालको सपना देख्न र उत्पादनको काममा सहभागी भई मुलुकलाई समृद्ध बनाउने अभियानमा केन्द्रित हुन पनि आग्रह गर्नु भयो ।