काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिर ९ देखि १२ गते सम्म आयोजना हुने भएको छ ।
केन्द्रीय कार्य समितिको शनिवार बसेको बैठकबाट भदौ २३ मा निर्धारित महाधिवेशन तीन महिना पछि धकेल्ने निर्णय भएको हो ।
बैठकले भदौ २ गतेभित्र क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन भदौ १८ गते गर्ने निर्णय गरेको छ ।