४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा News Polar अप्टिमिस्ट इन्टरनेसनल एसिया डिस्ट्रिक्टको गभर्नरमा शरदचन्द्र भट्टराई निर्विरोध News Polar नेकपा (एमाले) पुनर्गठन : “आजको आवश्यकता र हाम्रो बाटो” News Polar सुरुङभित्र जीवन खोज्दाको कठिन यात्रा News Polar यी हुन् रास्वपा सचिवालय बैठकका ७ निर्णय News Polar म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना News Polar दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा News Polar रास्वपाले ‘राइट टु रिकल’ सम्बन्धी दस्तावेज बनाउने News Polar भोटेकोशी बाढीः २८१ शव गोकर्णेश्वरमा व्यवस्थापन News Polar मनास्लु आधारशिविरको अनशन स्थगित News Polar दक्षिण अफ्रिकी पत्रकार वेपत्ता News Polar रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका नौ स्थानीय तह तयार News Polar हर्मुज जलमार्ग पुनः खोल्नका लागि अमेरिका सामु इरानका सर्त News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल अमेरिका प्रस्थान

त्यो दशैं, यो दशैं !

त्यो दशैं, यो दशैं !
अ+ अ-

सुरू पनि कसरी कहाँबाट गर्ने होला हुने है कैले त ! भावनाहरुलाई शब्द आकार दिन पनि कहाँ सजिलोरु उसो त यो हृदयले भावनालाई शब्द सापटि नदिने त पनि कहाँ हो ररु अचेल दैनिकी जस्ता देखिने केही घटनाहरु डायरीमा थन्किन्छन्। संजालमा नलेखेको पनि निक्कै भएछ।

भावनाका भकारीहरु भरिएर बन्द पो भए कि वा रित्तिए नै पो ? ”जीवनका प्राप्ति दुई किसिमका मात्र हुँदा रहेछन्- या त एकदम प्रचुर या एकदम शून्य। र, अन्तमा दुवै किसिमका प्राप्ति फेला गर्दा रहेछन् । एउटा कुरो पाउँदा अर्कोलाई छाड्नुपर्दो रहेछ। जीवनको सापोनापो बराबर। जीवनलाई वरण गर्दा मृत्युलाई पनि स्विकार गर्नुपर्छ।”

बीपीले तीन घुम्तिमा यसै भनेको कुरो पढ़ेको सम्झिएँ। दुईमा एक त पक्का हो नि ! फेरी यो हिन्दी किबोर्डबाट टाइप गर्नुको दुःख अर्कै छ, यता फोनमा हाम्रो किबोर्डले मेरो नेपाली फिनयिन टाइपिङको गति नभेटाउनु अर्कै पीड़ा छ। खैर खाने मुखलाई जुंगाले के छेक्थ्यो र ?

“यो पाली दशैंमा कान्छा बा नि छैनन्, भूराहरु नि छैनन्, तँ नि छैनस् !” केही दिनअघि एटमले संवादमा यसै भन्यो। “गाऊँभरीका भूराहरु बटुल्यो भन्ने कान्छा बा नि क्यानडातिर, भूराहरु बटुल्ने तँ नि चाइनातिर, अनि बटुलिने भुराहरु पनि यो पाली गाऊँ गएका छैनन्।” केटोले थपेर यति भनेसी स्मृतियानमा एक क्षण सयर गरियो। केटकेटी त थिईन, तर आनीबानी केटकेटीकै थिए, छुट्टै ! हाम्रो चाड भन्नु दशै एउटा, अनि त्यहाँ माथी त्यो चाडमा बटुलिने झन् सम्झना मीठा ! ख़ै उसै पनि मसंग सम्झनाका उति धेरै पोकाहरु छैनन्।

सम्झना बटुलिने भनेकै दशैँमा होला ! दशैँका प्रसङ्गहरुमा याद र सम्झनाका भकारी नबटुलेका मानिसहरु सायदै भेटिएलान्स सबैले आफ्नै किसिमका अनुभूति बटुलेका हुन्छन्, धेरथोर, तितामीठा आफ्नै ठाउँमा हुन्छन्। र ती मध्ये पनि सम्झनाका भकारी बालापनका दशैंहरूमा भरिँदै जाँदा रैछन्। दशैँको घाम, नयाँ लुगा, स्कूललाई बुझाउन पर्ने दशैँ हम्वर्क, गाउँ जाने कुरो, कोट पूजाले दशैं विशेष हुने गर्छन्।

टीका लगाऊँदै आशीर्वाद थाप्दै हिँड्ने बच्चै देखीको लय थियो। आफ़्नो घरमा बाको हातबाट टीका लगाइसकेपछी, हामी दोस्रो क्रममा माईली हमाको जान्थ्यौं, त्यो एउटा बानी नै थियो। माया पनि बड़ो गर्नुहुन्थ्यो। म चीन छँदाताका प्रत्येक फोनमा हजुरआमाहरुलाई सम्झिन्थें। “नाती घर नहुँदा हामीलाई शून्य बनाएर जान्छ।” माइली हजुरआमाले यसो भनेको कुरो मम्मी मलाई सुनाउनु हुन्थ्यो। आज त्यो क्रमिकतामा टीका लगाएर आशीर्वाद दिने हमा पनि केवल सम्झनामा मात्रै छिन्।

युवास्थाका बाटो उकालिँदै गए पछि उस्तै रौनक जीवनका अरु परिवेशका सेरोफेरोमा नबस्ने रहेछन् हुन त जीवनको पनि त आफ्नै गति र लय छ, सधैं एकनास हुँदो हो त जीवन पनि के जीवन हुन्थ्यो र? तर धेरै हदसम्म मान्छे सम्झनाकै वरिपरि बाँचिरहँदा रहेछन्। दशैँका अरु दिन जस्तै मलाई प्रायः याद आउने दिनहरु मध्ये चाहिँ टीका लगाउने दिन लाग्छ। केटकेटी बाट अलिक बुझ्ने अवस्था भैसकेपछी टीका लगाउँदा आउने दक्षिणाको ज्यादा मोह हुन्थ्यो, कुनै घर बाँकी बस्थेनन् र आशिष लिनुपर्छ भनेर हिँडिन्थ्यो।

टीका लगाउन माइली फुपू देखि साइँली फुपु हुँदै बुढोमावलसम्म पुगिन्थ्यो। चिनेका जति सबै घर भ्याउने उद्देश्य हुन्थ्यो। दक्षिणा जति आउँथ्यो धेरथोर त्यसमा गुनासो कैले रहेन, समुदायमा एउटै खाले मानिस छैनन् भन्ने चित्र त्यो बेला पनि देखेकै हो। यस्तै क्रमहरु निरन्तर चलिरहे। र केही बुझ्न थालेपछि ठूलाबडाको हातबाट आशीर्वाद मात्रै लिने, दक्षिणा नलिने भनेर टीका लगाउन गैन्थ्यो र त्यस उप्रान्त मावलबाट बाहेक अन्त कतै दक्षिणा लिइएन !

दशैँभर विभिन्न घर पुगेर गएर ‘कमाएको’ दक्षिणा कता पुग्थे होला त ? प्राय हाम्रा समकालीन साथीहरुले दशैँको पैसाले यो किने र त्यो किने भन्थे। हामी सुन्थ्यौँ मात्रै।

दशैँ सकेर काठमाडौ फर्केपछि पैसा मम्मीलाई दिन्थ्यौँ: राख्नका लागि भनेर होइन कि वहाँहरुले चलाए ? पैसा भएपछि फिर्ता पाउने आसैले ! समय पनि त्यस्तै थियो। द्वन्द्वकालका धङधङीका छर्राहरु बाँकी नै त थिए। बाको जागिरले खानबस्न ठिक्क नै हुन्थ्यो। दशैँका पैसाहरुको थोरै अंशले मन परेका पुस्तक किन्थेँस यो भन्दा बाँकी दशैँका दक्षिणाले कैलेकैले कुनै अवस्था बखत घर पनि चल्ने रैछ भनेर धेरै पछि ज्ञात् हुन थाल्यो।

हुन त छोराछोरीले पाएको पैसा बाआमालाई चलाइदिने रहर कुन बाआमालाई हुन्थ्यो होला र? तत् समयका केही क्षणहरू खल्लो लागेपनि वर्तमानको आँखीझ्यालबाट त्यो सम्झना सम्झँदा नै मीठो लाग्दा रहेछन् ! हर मिठा तत्क्षणहरु मात्रै मीठा हुनुपर्छ भन्ने पनि त हुन्न रैछस केही तत्क्षणका खल्ला र तीता सम्झनाहरु पनि वर्तमानमा टेकेर हेर्दा मीठो लाग्दा रैछन्। ओहो अतितमै पो हराईएछ !

चार साल अघि पैलोपल्ट च्यामुसीले स्वागत गर्यो। त्यो खुशी बाको खुशी थियो। च्यामुसीसंग मेरो त साइनो छ नै, च्यामुसी भन्नु अर्कों बासंगको साइनो जो छ। जीवनमा बालाई हिमाली शीतलता दिने त्यो दश भूगोल परको गाऊलाई भेटाउने रहर त अब रहर मै सीमित छ, तर त्यो सम्झनाको तालमा स्मृतियानसंगको सयरको भव्यता के कथा रचूँ ?

बासंगका विविध सम्झना मध्ये केही सम्झनाहरू मस्तिष्कमा छाइरहन्छन्। एकदिन कवि दिनेश अधिकारीको कविता पढ्दै थिएँ, ‘चिँ मुसी चिँ’ ! ती शब्दहरु भन्ने भेट्दा बाका कुराहरू सम्झिएँ। उईले बाले म पढ्दै गरेको युनिभर्सिटीको नाम सोध्न परे, “तँ पढ्ने चिँ मुसी कि कता रे?” भनेर सोध्नुहुन्थ्यो। “च्यामुसी हो ड्याडी‘।” भन्थें। यसरी हाँसोहरूका पोका फुकिन्थें ती दिनहरूमा। सम्झना मै पनि त बाँच्न पर्ने रैछ कैले जसरी नदी भुमरीमा केही बेर रूमल्लिएझैं !

चार साल अघि घर भन्दा पर पैलोपल्ट दशैंमा त्यो तत् समय सिफङशान तालसम्म पुगेर आएको थिएँ। नयाँ पैसा हातमा थिएँ। यसो मन डुलाऊन गएथेँ। त्यो समय अलिक बेसी नै सम्झनाले पिरोल्थ्यो। २ साल दशैँ बाहिर भएपनि त्यसपछीका दुई दशैँ देशमै मनाइयो। यो दुई साल जीवनको लयको बारे के कुरो गरूँरु जे जस्तो तीता मीठा पल संगालिए, त्यस्ता क्षणहरु जीवनमा दुर्लभ नै हुन्छन्।

यसलाई यसरी पनि भन्न सकिन्छ, एउटा बासंगको दशैँ, अर्कों बाबिनाको दशैँ। अर्थात् एउटा प्रभावको दशैँ, अर्कों अभावको १ तर त्यो अभावबीचको दशैँमा पनि काका र काकीहरुबाट पाएको साथ, सद्भाव र मायाप्रति म सदा आभारी छु, कृतज्ञ छु।

दशैँको पञ्चमतिर घरमा आमासंग केही समयपछी गफिएँ। आमाको अनुहार त पढ़न सक्थें नै, तैपनी उहाँको कुरोलाई सुनें। अरु घरायसी दशैँ के कसरी मान्ने तैयारी हुँदैछ भनेर जिज्ञासा राखें, सल्लाह दिएँ। “अब टी घरको मूल मियो पनि तपाई हुनुहुन्छ‘। दशैं राम्रोसंग मान्नु, दिदी भिनाजुहरुलाई बोलाउनू, काका काकी भाईहरु छन्, रमाईलो गरेर मान्नु।” भनें।

त्यसपछी केही दिनपछी आमासंग फोन संवाद गरें। सप्तमीको दिन आमाको अनुहारमा छुट्टै चमक थियो। निक्कै अघिदेखी आमालाई रहर लागेको एउटा दराज लिएर मीतबा घर आइपुग्नुभएको रहेछ। सरप्राइज नै भएछ। पैसा नदिईकन त कसरी ल्याउने भनेर बस्नुभारैछ। त्यै दिन आमासंग गफिँदै थिएँ अनि मितबालाई फोन दिनुभयो। नेट उति राम्रो थिएन। बडा दशैंको शुभकामना दिएँ र फोन राखें। साना रहरमा आमा रमाएको देख्ता बडो आनन्द मिल्यो। उसो त रहरले पनि सीमा कोर्दिएसी त्यही भूगोल संसार बन्ने रहेछ ! चाहे तिमी संसारभित्र आफूलाई पाऊ या आफूभित्र संसार पाऊ, तर अस्तित्व बोध गर, यस्को भिन्न मानक हुनुपर्छ सायद।

यद्यपि आमाको अनुहारमा चमकता छाएको थियो। बाढी पछी गज्जबको घर छाडेर टहरामा बस्नुको आमाको एउटा बाध्यता त मनको कुनै कुनोमा होला तर पनि सन्तोषय परमो सुख भन्छन् क्यार, सन्तोष मानेकी होलिन् ! “पैसा अलिअलि भए पनि दिन्छु भन्दा लिन मान्नु भएन ! पछी तिमेरूले सकेको गर्नु नि !” हाम्रा लागी रित्तिने मानिसले यसो भनिसकेपछी शिरोधार्य गर्न पनि त परो ! मनमनै मीतबालाई धन्यवाद दिएँ। सक्ने हुँदा मैले पनि गर्नुपर्छ भनेर मनमनै संकल्प गरें। कास, दयाले भरिएको ह्रदय भन्दा विशाल कुरो के छ संसारमा?

उसो त यो दशैंमा बा ब्रह्माण्ड टाढा, यता म भूगोलले निक्कै पर, उता परिवार एकातिर ! भावनाले नद्जिकस यसैमा स्वीकार्न पर्ने मानव नियति ! म समानता खोज्ने नै परें तर ती समानताकै खोजीमा पनि पृथकताका पर्खालहरू भेट्तछु। तिनै पृथकताको पर्खालहरूमा उभिएर केही बेर पर चियाऊँछुस जगत मिथ्यएको एउटा भूगोललाई ! त्यो पृथकता पर्खाल कहाँ छिमेकी पर्खाल, त्यो त ग्रेट पर्खाल पो ! मन देखि मनहरू बीच उभ्याईएको पर्खालस कोई विवशताको पर्खालस कोई भ्रमको सानो क्षणमा उभ्याइएको पर्खाल ! उसलाइ पनि त उभिन पाइए पुगेकै छ, नदीलाई बग्न पाए जस्तै ! मलाई पनि बादलझैं बहन पाए पुगेकै छ।

सबैभन्दा प्रिय मानिसहरू भन्दा टाढा बसेर बाँच्नुको विवशता कस्तो हुन्छ होला? कैले कैले प्रश्नहरू सोधिरहन नै नपर्ने, आमाका आँखाहरूले बोलिराखेकै हुने ! मन त कैले कैले भावुक हुन्छ नैस कैले केही समय छेऊ नभएकाहरूको यादमा, कैले अब कैले छेऊ नहुनेहरूको यादमा ! यो भावना सागर बोकेर हिंडेकी आमाको न्यानोपनको गहिराई खै मैले कसरी नापुँरु उसो त अब कैलेकैले सपनामा मात्रै दर्शन दिने दुर्लभ मानिसको सम्झनाले चाड कति शून्य हुँदो हो ? चाड त केवल बहाना हो, तर प्रिय मानिसको अभाव‘!

बा छौन्जेल टीका र जमरा लगाऊन नपाएका समय, मलाई लाग्थ्यो ख़ास दशै टीका र जमरा बिना अधुरो हुन्छ, ऐले टीका र जमरा पनि छ, तर एक मानिसको अभावले हर चाड त के जीवनको रंगहरु पनि हराऊँदा रहेछन् ! दशैं पनि बड़ो अचम्मको हुँदो रहेछ, कुनै दशैंमा निधार खाली हुन्छ, कुनै दशैंमा मन‘!

“उत्थानको लागि इच्छा र साधना चाहिन्छस पतनका लागि इच्छा मात्रै भए पुग्छ रे। तर म मान्दिन। विदेश आउँदा नाल्मा डाँडाबाट जब आफ्नो गाउँघरको अन्तिम झलक हेर्छु त कति इच्छा गर्छु म त्यहीँको आङमा अटाऊँ, त्यस पहाडी समाजको ठूलो पखेटाले मलाई बिरानो देशमा नबिलाउँदै छपक्क छोपिदियोस्। तर चिताउँदैमा यति वर्षको साधनाले सङ्गालेको शिक्षा-सभ्यता मिल्काएर म सङ्लो लेकाली बन्न सक्तिनँ।

त्यसैले मलाई लाग्छ मात्तिएको देश र उछिट्टिएको मानिस एकै हुन्, एउटा टापुमा एक्लो। अझ टाकुराको फेद हुन्छ, द्वीपको प्रतिबिम्ब हुन्छ, तर मेरो पृष्ठभुमि नै छैन। पर्वतेले पढ्यौ भन्दैमा प्रवासी ठानिनुमा के अतियुक्तीरु” डा. हर्क गुरुङको यो भनाईले मलाई एकखाले सम्झना दिलाईरहन्छ। आमा याङ्रीबाट हेलम्बुलाई चियाएजस्तै, दश भूगोल परबाट सम्झनाको शिखरहरुबाट चियाएजस्तैरु आफ्नो नाभि जोडिएको माटोको मायाको के कुरा गरूँ?

“मेरै ‘दु:ख’हरू पढेर म भावुक हुँदै मुस्कुराउने छु एक दिन‘!” यहाँ दुःख माने अनुभूति, सम्झनालाई मान्न सकियो। दुःख आफैं बड़ो बृहत् शब्द जो छ। शब्द बड़ो बहुआयामिक पनि भएको हुँदा प्रयोगले अझ विशेष अर्थ पनि राख्ला। कुनै मनोभूतिमा मैले यसो लेख्ता डा अनिल दाईले त्यो वाक्यलाई कोट गर्दै लेखेको सम्झन्छु, “क्या लेख्यौ भाइ।।!

आफ्ना दुःखहरू पढेर पटक पटक भावुक हुँदै मुस्कुराउने गरेको छु म आँफै ! यी दुःखहरू नभै ती मुस्कानहरूको अर्थ नै फिका हुन्छ भाइ !! बस्।।जिन्दगी चलिरहनु पऱ्यो, त्यै मेलम्ची जस्तै !” यी अनुभूति र सम्झनाका पोकाहरु खास भविष्यको आगतबाट अतित च्याऊँदै नोस्टाल्जिक हुन पनि त पाइयो १ बाँकी परिवर्तन त सांसारिक नियम नै भो ! पात्रको भूमिकाहरु बदलिनेछन्, पात्रका चित्रहरु बदलिनेछन्।

टीका लगाउनेर नलगाऊने सम्पूर्णलाई बड़ा दशैको अवसरमा न्यानो नमस्कार अनि शुभकामना। केटोले बिर्स्यो सम्म भन्न पाइयो, माया मार्यो भन्न पाईएन है, आख़िर सम्झन पनि त बिर्सनुपर्छ हो की होईंन? सम्झना बिर्सना माया सलल भन्छन्, मर्नु जन्मनु हो भनझैं बिर्सनु नै सम्झनु हो भन्न सकिन्छ !

मेरा परिवार, आफ़न्त, शुभ चिन्तक, मेरा दुःखमा मलाई साथ दिने हर आत्मीय मन संगै दशैं मान्ने र नमान्ने सबैलाई यतै र यही सम्झना मार्फ़त शुभकामना र प्रार्थना। शुभ समय।

दीपकिरण खड्का
-च्यामुसी, चीन