२४ जेष्ठ २०८३, आईतवार
,
Latest
रास्वपाको महाधिवेशनमा गोरखामा सांसद सुधन गुरुङको सहभागिता बाथरोगबाट बच्न सचेतना र शीघ्र उपचारमा जोड टीकापुरमा अन्तर–व्यवस्थापिका मञ्च सम्पन्न, ‘डिजिटल पार्लियामेन्ट’ विकाससहित नौबुँदे सन्देशपत्र जारी कमला पुल १५ वर्षदेखि अधुरै, मन्त्रीको निरीक्षणपछि पनि स्थानीयकाे असन्तुष्टि कायम रुसको आर्थिक मञ्चमा ८९ अर्ब डलरभन्दा बढीका सम्झौता क्षेप्यास्त्र आक्रमणपछि मध्यपूर्वमा नयाँ सङ्कट, इरान–अमेरिका तनाव उत्कर्षमा ओमानलाई फराकिलो पराजित गर्दै नेपाल एसियाली खेलकुद छनोटको फाइनलमा प्रवेश रास्वपा कास्की सभापतिमा अधिकारी सर्लाहीको बयलगाडाले किचेर घाइते बालकको मृत्यु परराष्ट्रमन्त्रीको भारत भ्रमणः नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कतार जान तयार ३४ युवा अलपत्र



अ+ अ-

काठमाडौं । कतारस्थित नेपाली दूतावासले ट्रकोइज कन्स्ट्रकसन कम्पनीबाट जारी भएको प्रक्रियागत मागपत्र रद्द गरी अर्को म्यानपावरलाई दिएपछि कतार जान तयार रहेका ३४ नेपाली अलपत्र परेका छन् ।

दूतावासले २५ मार्च २०२१ मा नेपालस्थित विनामाई इन्टरनेशनल प्रालिलाई ३४ श्रमिकको मागपत्र प्रमाणिकरण गरेको भएपनि पुन सोही मागपत्र अर्को म्यानपावरलाई दिएपछि छनोट भएर रोजगारीका लागि कतार जान तयार रहेका नेपाली अलपत्र परेका हुन् ।

दूतावासले प्रमाणिकरण गरिदिएपछि विनामाई म्यानपावरलाई नेपाली श्रमिक पठाउने प्रक्रिया सुरु गरी छनोट भएका श्रमिकको सूची समेत रोजगारदातालाई पठाएको थियो । दूतावासले प्रमाणिकरण गरेको मागपत्रका आधारमा विनामाई म्यानपावरले २६ मार्च २०२१ का वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएको देखिन्छ ।

प्रक्रिया अनुसार दक्ष जनशक्ति छनोट गरी ३४ जना नेपाली युवाको सूची रोजगारदाता ट्रकोइज कम्पनीलाई सूची पठाएपनि पछि एकाएक पहिलो म्यानपावरको मागपत्र रद्द गर्ने रोजगारदातालाई हालसम्म कारवाही गरिएको समाचार कारोबार दैनिकमा प्रकाशित छ ।