३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिका उपाध्यक्षद्वारा राज्यको सम्पत्ति आसेपासेलाई मस्ती



अ+ अ-

काठमाडौं । शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । 

कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतका आफ्नो सहोदर देवर दिपक शाहीलाई चलाउन दिएकी छन् । 

गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना आसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

‘राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु अस्वभाविक हो तर दुरुपयोग गर्न पाइदैन,’ स्थानीय तिलक चौलागाईंले भने । शुभकालिका गाउँपालिकामा सडक नै पुगेको छैन, स्थानीय नागरिक सडकको पहुँचमा छैनन्, अझै पनि यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन्, उता गाउँपालिकाले महँगो स्कार्पियो गाडी खरिद गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।