८ भाद्र २०८३, सोमबार
,
Latest
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै स्वर्णिम जयन्ती मनाउँदै आजदेखि भृकुटीमण्डपमा सुरु हुँदैछ ‘नाडा अटाे साे २०२६’, यस्ताे छ मेलाकाे इतिहास ‘मानवबस्ती जोखिममा पार्ने गरी हात्तीको जैविक मार्ग बनाउन नहुने’ लुम्बिनीमा मन्त्रिपरिषद् पुनःगठनको सिफारिस सङ्घीयता सफल बनाउन प्रदेश र स्थानीय तहबीचको सहकार्यमा जोड गल्याङ जिप दुर्घटनाका मृतकको पहिचान खुल्यो, सत्र जना घाइते युरोपमा तापक्रम वृद्धिले लगातार रेकर्ड तोड्दै दक्षिण कोरियामा आगामी महिना गर्ने भनिएको संयुक्त समुद्री अभ्यास रद्द बागमती प्रदेशसभा बैठक भोलि चालिस दिनपछि तातोपानी नाका जोड्ने सडकको इको खण्ड खुल्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

गाउँपालिका उपाध्यक्षद्वारा राज्यको सम्पत्ति आसेपासेलाई मस्ती



अ+ अ-

काठमाडौं । शुभकालिका गाउँपालिकाका उपाध्यक्ष पम्पाकुमारी शाहीले राज्यले दिएको सेवा सुविधाको दुरुपयोग गरेकी छन् । 

कार्यालय सञ्चालनका लागि भन्दै पहिलो वर्षमै आफ्नो लागि भनेर किनेको भे १ ब १४२४ नम्बरको स्कुटर उपाध्यक्ष शाहीले एक वर्षदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतका आफ्नो सहोदर देवर दिपक शाहीलाई चलाउन दिएकी छन् । 

गाउँपालिकाको बजेटमा खरिद गरी निकालिएको स्कुटर आफ्ना आसेपासेलाई मस्ती गर्न दिएको भन्दै स्थानीयले विरोध गरेका छन् । 

‘राज्यको सम्पत्ति जनताको सेवाका लागि प्रयोग गर्नु अस्वभाविक हो तर दुरुपयोग गर्न पाइदैन,’ स्थानीय तिलक चौलागाईंले भने । शुभकालिका गाउँपालिकामा सडक नै पुगेको छैन, स्थानीय नागरिक सडकको पहुँचमा छैनन्, अझै पनि यहाँका नागरिक पिठ्युँमा भारी बोक्न बाध्य छन्, उता गाउँपालिकाले महँगो स्कार्पियो गाडी खरिद गरेको समाचार राजधानी दैनिकमा प्रकाशित छ ।