३ पुष २०८२, बिहीबार
,
Latest
चीनबाट विगतमा झैँ सहयोग र समर्थन हुने विश्वास-अध्यक्ष दाहाल पशुपति क्षेत्रमा पश्चिमी बाहिरी ढोका खुला भीमदत्त नगरपालिकाले विपिनको शालिक बनाउने भेनेजुएलामा आक्रमण गर्ने ‘घातक गल्ती’ नगर्न रुसको चेतावनी जेनजी आन्दोलनमा सुन्धारा कारागारबाट भागेका दुई कैदी पक्राउ एमालेको ११औँ महाधिवेशनबाट २४ बुँदे प्रस्ताव पारित न्यायपरिषद् न्यायपालिकाको चरित्र निर्माण गर्ने निकाय होः प्रधानन्यायाधीश राउत नेपाली कम्युनिष्ट पार्टीले जनताको अधिकारलाई बलियो बनाउँछः नेता रावल ओली अध्यक्ष, रवि रिहा, पूर्वराजा भारततिर नीति, विचार र सिद्धान्तबिनाको पार्टी दिगो हुँदैनः उपसभापति वाग्ले
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनुदानका लागि फर्म दर्ताको होडबाजी



अ+ अ-

काठमाडौं । तनहुँमा अनुदान तथा सहुलियत कर्जा लिन चाहनेको होडबाजीले कृषिसँग सम्बन्धित फर्म दर्ता गर्ने क्रम बढेको छ।

घरेलु तथा साना उद्योग कार्यालय दमौलीमा दर्ता गर्नेमा कृषि तथा पशुपन्छीसम्बन्धी फर्म अन्यभन्दा धेरै गुणा बढी छन्। आर्थिक वर्ष २०७७÷७८ मा दुई हजार एकवटा उद्योग दर्ता भएकामा कृषि तथा पशुपन्छी फार्मको सङ्ख्या मात्र एक हजार २१९ रहेको छ। यस्तै पर्यटनमा ३२३, सेवामूलकमा ३११ र निर्माण उद्योगमा १९ वटा फर्म दर्ता भएका छन्।

सङ्घीय, प्रदेश र स्थानीय सरकारले कृषिमा दिने अनुदान लिन अनिवार्य फर्म दर्ता गर्नुपर्ने प्रावधानले दिनहुँ कृषि फर्म दर्ता गर्नेको भीड लाग्ने गरेको कार्यालय प्रमुख नारायणप्रसाद ढकालले जानकारी दिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।