नेपाली कांग्रेसले म्याद गुजारेका भ्रातृ संघसंस्थाहरुको ६ महिना म्याद थप गरेको छ । शनिबार बसेको काँग्रेस केन्द्रीय समिति बैठकले ९ वटा भ्रातृ संस्थाको म्याद थप्ने निर्णय गरेको हो ।
पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार म्याद समाप्त भएका नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल, नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल किसान संघ, नेपाल दलित संघ, नेपाल आदिवासी जनजाती संघ, राष्ट्रिय लोकतान्त्रिक अपांग संघ, नेपाल तामाङ संघ र नेपाल ठाकुर समाजको पदावधी समाप्त भएको मितिले ६ महिना थप गर्ने निर्णय गरेको हो ।
नेपाली कांग्रेसका १३ वटा भातृ संस्थाहरु छन् ।