२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)को केन्द्रीय कमिटीको बैठक सुरु भएको छ । 

पार्टी कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक तथा सांगठनिक प्रतिवेदनमाथि समूहगत रुपमा छलफल गरिनेछ । समूहगत छलफलपछि प्राप्त सुझावका आधारमा प्रतिवेदनलाई पास गरिनेछ ।

आजै बिहान बसेको स्थायी समितीको बैठकले आइतबार नै केन्द्रीय कमिटीको बैठक सम्पन्न गर्ने गरि अघि बढ्ने निर्णय गरेको थियो ।