२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलन असोजमा काठमाडौंमा हुने भएको छ । 

अखिल क्रान्तिकारीले आइतबार पत्रकार सम्मेलन गरी असोज ८, ९ र १० सम्मेलन हुने जानकारी दिएको हो ।  

यही साउन २९ गते भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको पूर्ण बैठकले राष्ट्रिय सम्मेलनबारे निर्णय गरेको अध्यक्ष रन्जित तामाङले जानकारी दिए । 

अखिल(क्रान्तिकारी)ले २२ औं राष्ट्रिय सम्मेलनको मूल नारा ‘शिक्षा , स्वास्थ्य र रोजगारीको  ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन, राखेको छ । 

यस्तै भदौ १५ सम्म  इकाइ, क्याम्पस, पालिका, जिल्ला इकाई , क्याम्पस, पालिका भेला÷सम्मेलन गरिसक्ने गरी मिति तोक्ने पनि विज्ञप्तीमा उल्लेख छ ।