१९ असार २०८३, शुक्रबार
,
Latest
कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म औषधि आपूर्ति शृङ्खलामा सुधार गर्न विभागकाे निर्देशन खामेनीको अन्त्येष्टिअघि वाहिदी सार्वजनिक बर्डफ्लु प्रभावित किसानलाई क्षतिपूर्तिका लागि ५० करोड निकासा पूर्णबहादुर खड्काले बोलाए इतर समूहको बैठक बर्डफ्लुबारे सचेत बनाउन मोबाइल रिङटोन मेलम्चीको पानी आपूर्ति बन्द राष्ट्रियसभामा आज सात मन्त्रालयसहित विभिन्न निकायको विनियोजन शीर्षकमा छलफल
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनेरास्ववियू (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा



अ+ अ-

काठमाडौं । नेकपा माओवादी केन्द्रको भातृसंगठन अनेरास्ववियू (क्रान्तिकारी) को २२औँ राष्ट्रिय सम्मेलन असोजमा काठमाडौंमा हुने भएको छ । 

अखिल क्रान्तिकारीले आइतबार पत्रकार सम्मेलन गरी असोज ८, ९ र १० सम्मेलन हुने जानकारी दिएको हो ।  

यही साउन २९ गते भर्चुअल माध्यमबाट बसेको केन्द्रीय समितिको पूर्ण बैठकले राष्ट्रिय सम्मेलनबारे निर्णय गरेको अध्यक्ष रन्जित तामाङले जानकारी दिए । 

अखिल(क्रान्तिकारी)ले २२ औं राष्ट्रिय सम्मेलनको मूल नारा ‘शिक्षा , स्वास्थ्य र रोजगारीको  ग्यारेन्टीका लागि हाम्रो आन्दोलन, राष्ट्रिय स्वाधीनता र सामाजिक न्यायको पक्षमा २२ औं राष्ट्रिय सम्मेलन, राखेको छ । 

यस्तै भदौ १५ सम्म  इकाइ, क्याम्पस, पालिका, जिल्ला इकाई , क्याम्पस, पालिका भेला÷सम्मेलन गरिसक्ने गरी मिति तोक्ने पनि विज्ञप्तीमा उल्लेख छ ।