• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

सैफ र करीनाले भित्र्याए नयाँ मर्सिडिज कार



एजेन्सी । अभिनेता सैफ अली खान र अभिनेत्री करिना कपुरले हालै नयाँ कार किनेका छन् । करिनाको एउटा भिडियो सार्वजनिक भएको छ, जसमा उनी काखमा छोरा जेहलाई लिएर सेतो मर्सिडिज बेन्जमा चढ्न लागेको देखिएको छ ।

कारको पूजा गरेपछि जेह आफ्नो हजुरआमासँग पहिलो सवारीको आनन्द लिइरहेको देखिन्छ ।

यससँगै जेहले फोटोग्राफरहरूतर्फ हात हल्लाउँछन् । यो भिडियो हेरेपछि फ्यानहरुले विभिन्न किसिमका कमेन्ट गरिरहेका छन् ।

रिपोर्टका अनुसार सैफ र करीनाको नयाँ कार मर्सिडिज बेन्ज एस ३५०डीको मूल्य करिब २ करोड रुपैयाँ रहेको छ ।