२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँ गाउँमै रमाइलो: घर फर्कनेको लर्को



बागलुङ नगरपालिका–११, रायडाँडा
अ+ अ-

गलकोट । रोजगारी, बसाइसराइ तथा बढ्दो शहरीकरणका कारण अहिले धेरै गाउँ उजाडिएका छन् । गाउँका प्रायः घरमा झार पलाएका छन् भने परिवार भएको घरमा समेत बुढाबुढी मात्रै देखिन्छन् ।

दश वर्ष अघि बागलुङ नगरपालिका–८ स्थित मैनाकली कार्कीको परिवार गाउँमै ठूलो थियो । एघार जनाको परिवार रहेको उहाँका श्रीमान् मृत्यु भयो । छोरा छोरी र नातनातीना बजार झरेपछि उहाँ एक्लै हुनुभएको छ । उहाँमात्रै हैन अहिले सोही गाउँका अधिकांश घरमा बुढाबुढी मात्रै छन् । तर उक्त गाउँको खुशी दशैसंगै फर्किएको छ । अहिले गाउँमा दशैको रमझमले कार्कीसहित अन्य गाउँले औधी खुशी भएका छन् ।

दशैं शुरु भएपछि मैनाकुमारी कार्की जस्तै बुढाबुढीको खुशी फर्केको छ । दशैं आएपछि घर लिप पोत गरेर चिटिक्क बनाइको छ भने परिवार दशैं मान्न घरमा आउने क्रम जारी रहेको छ ।

“जागिर, व्यवसाय तथा अध्ययनका कारण म बाहेक घरमा कोही छैन, कोही विदेश गएका छन् भने केही बागलुङ सदरमुकाममा छन्” मैनाले भन्नुभयो “तर दशैं तिहार आएपछि विदेश गएका समेत आए भने बजारमा बस्दै आएका छोरा नाती सबै आउदा मनमा दसैं आएको आभाष भएको छ, एक्लै बस्दा न्यास्रो लाग्ने मलाई दशैंले गर्दा खुशी फर्किएको छ ।”

यस्तै हर्कबहादुर जिसीले दशैंमा कोसेलीका रुपमा बारीमा पसाएका दुई घारी केरा पकाउनलाई राख्नुभएको छ । उहाँले गाउँमा दशंै आएका परिवारलाई खुवाउनका लागि केरा पकाउन राखेको बताउनुभयो ।

गाउँमा अहिले युवा पुस्ता पाइनै छाडेपछि लिङ्गे पिङ र चर्खे पिङ देखिनै छाडेको भएपनि गाउँ फर्कर्नेको संख्यामा बृद्धि भएको छ ।

झार उम्रेका घर आगन समेत सरसफाइ गरेर चिटिक्क परेका छन् भने बाटो घाटो र चौतारी पोखरी सरसफाई गरिएको छ । “दशंैमा छोरा नाती आउने भएपछि बारीका केरा पकाउन राखे, घर लिप पोत गरेर चिटिक्क छ” उहाँले भन्नुभयो “एक वर्ष सम्म बुढाबुढी मात्रै बस्दै वित्छ दशै तिहारमा त छोरा बुहारी र नातनातीना संग बस्न पाइन्छ, त्यस्तै छ अहिलेको दशैं ।”

बसाइसराइले बन्द रहेको घरमा समेत अहिले दशैं मनाउन फर्केकाले सरसफाइ गरेर चिटिक्क बनाएका छन् । अघि पछि गाउँको खुशी नै लुटिएपनि दशैं आउदा भने गाउँको मुहारै फेरिने गरेको स्थानीय छमकली कुँवरले बताउनुभयो । उहाँले बढ्दो शहरीकरणका कारण र बसाइ सराइका कारण गाउँहरु बिस्तारै उजाडिदै गएको बताउनुभयो ।

“अघिपछि गाउँ शून्य हुन्छ, मर्दा पर्दा समेत समस्या छ, तर दशैं आएपछि गाउँ मात्रै भरिदैन गाउँको खुशी नै फर्कन्छ” उहाँले भन्नुभयो “गाउँ भरिभराउ हुन्छ, एक वर्षमा भएपनि दशैंको टीका गाउँमै लगाउने जनाउँदै बजारमा घर भएकाहरु समेत गाउँ फर्कन्छन्, अघि पछि शून्य गाउँ दशैं आएपछि चहल पहल हुन्छ ।” उहाँका अनुसार गाउँमा मानिसको भीडभाड र परिवारका सबै मानिस जम्मा भएपछि हुँने रमाइलोले दशैंको महत्वलाई झल्काउने गरेको छ ।

नेपालीको मुख्य चाडपर्वका रुपमा रहेको दशैं, शुभदीपावली, छठ तथा नेपालसम्बत मनाउन घर फर्कनेको लर्को र किनमेलका लागि बागलुङ बजारमा चहल पहल छाएको व्यपारीहरुले बताएका छन् । गाउँ जाने यातयातका साधनहरुले धमाधम गाउँमा यात्रु ओसारीरहेका छन् ।

दशैंमा घर रातोमाटो, पहेँलोमाटो र कमेरोले लिप पोत गर्ने, विग्रे भत्केको मर्मत गर्ने, आगन तथा बाटो घाटो सरसफाइ गर्ने प्रचलनले दशंैमा खोसिएको गाउँको खुशी फर्कन्छ । रासस