२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी केन्द्रको सांगठनिक संरचना नेकपाकै जस्तो, उपमहासचिव पद थप (पूर्णपाठ)



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)को जारी केन्द्रीय कमिटीको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरिम विधान २०७८ पेश गरेका छन् । अन्तरिम विधानमा साविक नेकपाकै संरचनालाई निरन्तरता दिने उल्लेख गरिएको छ। 

यसअघि विधानमा नरहेको उपमहासचिव पद थप गरिएको छ । अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव र सचिवसहित २९९ सदस्यीय केन्द्रीय कमिटी बनाउने विधान संशोधन प्रस्तावमा उल्लेख छ ।

बैठकमा पेश भएको ५२ पन्ने विधानमा केन्द्रीय समिति दुई राष्ट्रिय महाधिवेशन बीचको पार्टीको सर्वोच्च अंग हुने उल्लेख छ।

केन्द्रीय कमिटीबाट पारित भएपछि राष्ट्रिय अधिवेशनबाट अनुमोदन गरेर यो व्यवस्था कार्यान्वयन हुनेछ । केन्द्रीय कमिटीको एक तिहाइको पोलिट्ब्युरो र पोलिट्ब्युरोको एक तिहाइको स्थायी कमिटी बनाउने माओवादीको प्रस्ताव रहेको छ ।