१९ असार २०८३, शुक्रबार
,
Latest
‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

अफगान सरकार सम्झौताको लागी तयार, शर्तका लागि हुँदैछ कुराकानी



अ+ अ-

एजेन्सी । अफगानिस्तान अब पूर्णरुपमा तालिबानको नियन्त्रणमा आएको छ । 

तालिबानहरु आइतबार राजधानी काबुलमा प्रवेश गरेसँगै अफगान सरकार सम्झौताका लागि तयार भएका छन् । 

अफगानिस्तानका कार्यबाहक गृहमन्त्री अब्दुल सत्तार मीरजकवालका अनुसार तालिबानले काबुलमा हमला नगर्ने शर्त मानेका छन् । उनीहरु शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण चाहन्छन् । 

नागरिक आफ्नो सुरक्षालाई लिएर चिन्तित रहेका छन् । तालिबानले पनि वक्तव्य जारी गर्दै नागरिकको सुरक्षाको जिम्मा लिने जनाएको छ । 

तालिबानले काबुलको बगराम जेलपछि पुल–ए–चरखी जेललाई पनि तोड्दै करीब ५ हजार कैदीहरुलाई छुटाएको छ । 

उक्त जेल अफगानिस्तानको सबैभन्दा ठूलो जेल रहेको छ । यहाँ धेरैजसो तालिबान लडाकुहरु बन्दी बनेर रहेका थिए । 

तालिबानले काबुलमा प्रवेश गर्नेवित्तिकै बगराम एयरपोर्टसहित केही इलाकामा समेत कब्जा गरेका थिए ।