४ भाद्र २०८३, बिहीबार
,
Latest
कप्तान ऐरी आइसिसी वरियताको तेस्रो स्थानमा सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छः सभापति थापा बाँकेमा एक सातामै २२ फरार प्रतिवादी पक्राउ बागमती प्रदेश मन्त्रिपरिषद् बैठकः ‘इ-क्याबिनेट’ प्रणाली सञ्चालन गर्ने निर्णय लुम्बिनी प्रदेश मन्त्रिपरिषद् बैठकः अस्थायी सङ्गठन संरचना र दरबन्दी स्वीकृत स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले पिपीए खोल्न सरकारले अघि बढायो प्रक्रिया तनहुँमा तीन हजार बढी नयाँ धारा जडान कर्णाली प्रदेशको विद्युतीकरण सरकारको प्राथमिकतामा : मन्त्री श्रेष्ठ हेलिकप्टर चढेर भाग्नेहरुको मति अझै सुध्रिएको रहेनछ: राप्रपा प्रवक्ता श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्चेस्टर डर्बीः सिटीले युनाइटेडलाई ६-३ ले हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यानचेस्टर डर्बीमा म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा सोमबार भएको खेलमा म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि ६–३ को सानदार जित निकालेको हो ।

सिटीको जितमा एर्लिङ ब्राउट हालान्ड र फिल फोडेनले ह्याट्रिक गरे । युनाइटेडका एन्थोनी मार्सियलले दुई तथा एन्टोनीले एक गोल फर्काए ।

खेलको आठौं मिनेटमा फिल फोडेनको गोलबाट सिटीले सुरुवाती अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गरे । यस्तै, ३४औं मिनेटमा हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । उनले केभिन डि ब्रुएनाको पासमा गोल गरे ।

३७औं मिनेटमा हालान्डले केभिन डि ब्रुएनाकै पासमा व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै सिटीलाई ३–० को स्थितीमा पुर्याए । ४४औं मिनेटमा फिल फोडेनले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गरेपछि सिटी पहिलो हाफमै ४–० ले अघि रह्यो ।

५६औं मिनेटमा एन्टोनीले गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याए । उनले क्रिस्टियन एरिक्सनको पासमा गोल गरे । ६४औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटी खेलमा ५–१ ले अघि बढ्यो । उनलाई सर्जियो गोमेजले पास उपलब्ध गराए ।

७३औं मिनेटमा फिल फोडेनले गोल गर्दै ह्याट्रिक पूरा गरे । उनलाई हालान्डले पास उपलब्ध गराए । त्यसपछि एन्थोनी मार्सियलले दुई गोल गरेपनि युनाइटेडको हार टार्न सकेनन् ।

८४औ मिनेटमा मार्सियालले गोल गर्दै खेलाई ६–२ को स्थितिमा ल्याए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा मार्सियलले पेनाल्टीमा गोल गर्दै युनाइटेडलाई ६–३ को स्थितिमा लगे । त्यसपछि खेल सहजै युनाइटेडको पक्षमा रह्यो ।

जितसँगै सिटी ८ खेलबाट २० अंक जोडेर दोस्रो स्थानमा यथावत रहेको छ । पराजित युनाइटेड ७ खेलबाट १२ अंक जोडेर छैटौं स्थानमा छ ।