२७ भाद्र २०८३, शनिबार
,
Latest
विपद्मा पीडित परिवारसँगै प्रदेश सरकार भ्रामक प्रचारले शिक्षा सुधारको उद्देश्य रोकिँदैनः शिक्षामन्त्री पोखरेल ऐक्यबद्धताको साथ पुनरुत्थानमा जुट्नुपर्छः संयोजक दाहाल मर्दी हिमाल आरोहण गर्ने स्थानीय युवा सम्मानित बाढीले बगाएका गरगहनासहित धादिङमा एक पक्राउ अन्नपूर्णले जित्यो नेपाल भलिबल लिगको उपाधि गुठीको नाममा उठीबास लगाउन खोजिएको भन्दै जनकपुरमा मसाल जुलुस भदौको करदाता प्रोत्साहन उपहार कार्यक्रम असोजमा घोषणा गरिने पछिल्लो पाँच दिनमा काठमाडौँमा दुई लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री एक्सेलसियर स्कुलले बाढीपीडित परिवारका पाँच विद्यार्थीलाई पूर्ण छात्रवृत्ति दिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

पेरिसमा एक रातको २८ लाख भाडा भएको होटलमा बस्छन् मेसी



अ+ अ-

एजेन्सी । अर्जेन्टिनी स्टार खेलाडी लियोनल मेसी स्पेनको बार्सिलोना क्लब छोडेर पेरिस सेन्ट जर्मेन (पिएसजी) गएपछि पेरिसमा बस्न थालेका छन् । 

पेरिसमा अहिले उनी परिवारसँग समय बिताइरहेका छन् । उनी पत्नी एन्टोनेला र तीन सन्तानसँगै पेरिसको ल रोयल मोन्सेउ होटलमा रहेका छन् । 

उक्त होटलमा एक रातका लागि २० हजार युरो अर्थात् २७ लाख ९५ हजार (झण्डै २८ लाख) रुपैयाँ तिर्नुपर्छ । यस फाइभ स्टार होटलमा भव्य स्विमिङ पूल र सिनेमाघर रहेको छ । यो निकै शानदार र भीआईपी स्थानमा रहेको छ । 

सन् २०१७ मा बार्सिलोनाबाटै पीएसजी आएका ब्राजिलियन स्टार नेयमार पनि यस होटलमा बसेका थिए । 

पीएसजीसँग दुई वर्षको सम्झौता गरेका मेसीको पीएसजीमा वर्षको लगभग पाँच अर्ब रुपैयाँ कमाई हुनेछ ।