• ३२ जेष्ठ २०८१, शुक्रबार
  •      Fri Jun 14 2024
  •   Unicode
Logo
Latest
★   किन घट्न सकेन उच्च मातृ मृत्युदर ? ★   कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख ★   भिम आचार्यले संसदमा दिएको अभिव्यक्तिमा क्यानले जनायो आपत्ति ★   पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्छौँ , मनोनयन प्रणाली अन्त्य गर्छौँ: प्रधानमन्त्री ★   काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा ‘सेन्ट्रल किचेन’मार्फत खाजा वितरण गर्ने ★   काठमाडौँ उपत्यकामा भोलिदेखि मनसुन सक्रिय हुने ★   ८ बुँदे प्रस्ताव पास गर्दै सकियो राप्रपा नेपाल केन्द्रीय कार्यसमितिको बैठक ★   उत्तराखण्डको वन्यजन्तु आरक्षणमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु ★   व्यास नगरपालिकाका मेयरको मतगणना तत्काल नगर्न आदेश ★   सय दिनमा गृहमन्त्री लामिछानेले के–के काम गरे ? (पूर्णपाठ)

टीकापुरमा पाँच महिनामा लागुऔषधका ७० मुद्दा दर्ता



सांकेतिक तस्बिर

टीकापुर । इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागुऔषध दुव्र्यसनीका ७० मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले टीकापुरमा दुव्र्यसनीको सङ्ख्या बढ्न थालेको बताउनुभयो ।

दुव्र्यसनी बढ्न थालेपछि टीकापुरको शान्ति र सुरक्षामा समेत समस्या आएपछि शनिबार टीकापुरस्थित संवाद समूहले सरोकारवालासँग छलफल थियो । छलफलमा उहाँले ७० वटा मुद्दा दर्ता भएको र दुव्र्यसनीको सङ्ख्या बढ्दै गएकोमा चिन्ता गर्नुभयो । प्रहरी प्रमुख शाहीले कैलालीको ८५ किलोमिटर सीमा खुला भएका कारण भारतबाट लागुपदार्थ सहजरुपमा भित्रने गरेको बताउनुभयो ।

‘‘खुला नाका छ, सवारी साधन जाँचमा कडाइ गरेका छौँ, लागु पदार्थ सेवनकर्तालाई पुनःस्थापना केन्द्रमा पठाउने गरेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘लागुऔषधको प्रयोग बढ्दै जाँदा चोरीका घटना वृद्धि भएको छ ।’’

‘‘भारतमा रु दुई हजारदेखि दुई सयदेखि रु दुई हजार चार सय प्रतिग्राम पाइने ब्राउन सुगर नेपालमा रु १८ हाजर देखि रु २० हजार पर्छ’’, पुनःस्थापना केन्द्र सञ्चालक कल्पेश कुँवरले भन्नुभयो, ‘‘कतिपय प्रयोगकर्ता वितरक हुने गरेका छन् ।’’ स्थानीय सरकारले लागुऔषध नियन्त्रणका बारेमा खासै चासो नदिएको उहाँको भनाइ थियो । अर्का सञ्चालक उपेन्द्र बटालाले तीन महिना पुनःस्थापना केन्द्रबाट उपचार लिएपछि बेरोजगार बस्नुपर्दा कुलतबाट बाहिर आउन नसकेको घटना पाएका छौँ भन्नुभयो । ‘‘दुव्र्यसनीलाई कुलतबाट टाढा राख्न शारीरिक, मानसिक र आध्यात्मिक परिवर्तन आवश्यक पर्छ’’, उहाँले भन्नुभयो, ‘‘अभिभावक सचेत नहुँदा घटना लुकाउने र उल्टो संरक्षण गर्न लाग्ने गरेको पाइन्छ ।’’

यसैगरी अर्का सञ्चालक सौरभ रावलले लागुऔषध नियन्त्रणका लागि प्रत्येक अभिभावक सचेत हुन जरुरी छ भन्नुभयो । ‘‘लागुऔषध प्रयोग गरेपछि कस्तो व्यवहार देखाउछ भन्ने बारेमा प्रत्येक अभिभावकले बुझ्न जरुरी छ’’, उहाँले जोड दिनुभयोे, ‘‘पुनःस्थापना केन्द्रले तीन महिना खान नदिने मात्र हो, त्यसपछि अभिभावकको हातमा हुन्छ ।’’ टीकापुरस्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सेनाले सामुदायिक सेवा केन्द्रले दुव्र्यसनी रोक्न चेतनामुलक कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले टीकापुरमा मात्र ४३ वटा टोल समिति बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका बारेमा काम गरिरहेको जानकारी गराउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति दत्तबहादुर विष्टले दुव्र्यसनी कम गर्ने सवालमा अभिभावकको भूमिका नै महत्वपूर्ण भएकाले अभिभावक सचेत हुनपर्छ भन्नुभयो । नेपाली कांग्रेसका नगरसभापति नरेशकुमार खत्री, नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्री,
नेकपा समाजवादीका जिल्ला सदस्य जगदीश्वर पण्डित, संवाद समूहका सदस्य भुवनेश्वर अधिकारीलगतयले लागुऔषध नियन्त्रणमा सबैले इमान्दारीपूर्वक भूमिका र्निबाह गर्नुपर्नेमा जोड दिनुभयो ।