५ श्रावण २०८३, मंगलवार
,
Latest
ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै सरकार प्रतिशोधात्मक बन्दै गएको देउवाको आरोप, लोकतन्त्र र संविधान रक्षाका लागि एकजुट हुन आग्रह सिर्सिया नदी प्रदूषणमा सरकारको कडाइ, जगदम्बा र अशोक स्टिलसहित ११ उद्योगलाई १०–१० लाख जरिवाना कीर्तिपुरमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुल्यो निजी शिक्षा–स्वास्थ्यमा ३% समता कर खारेज, गगन थापाले गरे स्वागत बढ्दो सामाजिक निराशा र असन्तुष्टि चिर्न सरकार र प्रतिपक्ष सँगसँगै उभिन जरुरीः विश्वप्रकाश शर्मा रास्वपा नेता बाहेकको मात्रै सम्पती छानविन गर्छौं भन्न पाइँदैनः नेकपा नेता दाहाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

टीकापुरमा पाँच महिनामा लागुऔषधका ७० मुद्दा दर्ता



सांकेतिक तस्बिर
अ+ अ-

टीकापुर । इलाका प्रहरी कार्यालयले पाँच महिनामा लागुऔषध दुव्र्यसनीका ७० मुद्दा दर्ता गरेको छ । इलाका प्रहरी कार्यालय प्रमुख प्रहरी नायब उपरीक्षक हेमबहादुर शाहीले टीकापुरमा दुव्र्यसनीको सङ्ख्या बढ्न थालेको बताउनुभयो ।

दुव्र्यसनी बढ्न थालेपछि टीकापुरको शान्ति र सुरक्षामा समेत समस्या आएपछि शनिबार टीकापुरस्थित संवाद समूहले सरोकारवालासँग छलफल थियो । छलफलमा उहाँले ७० वटा मुद्दा दर्ता भएको र दुव्र्यसनीको सङ्ख्या बढ्दै गएकोमा चिन्ता गर्नुभयो । प्रहरी प्रमुख शाहीले कैलालीको ८५ किलोमिटर सीमा खुला भएका कारण भारतबाट लागुपदार्थ सहजरुपमा भित्रने गरेको बताउनुभयो ।

‘‘खुला नाका छ, सवारी साधन जाँचमा कडाइ गरेका छौँ, लागु पदार्थ सेवनकर्तालाई पुनःस्थापना केन्द्रमा पठाउने गरेका छौँ’’, उहाँले भन्नुभयो, ‘‘लागुऔषधको प्रयोग बढ्दै जाँदा चोरीका घटना वृद्धि भएको छ ।’’

‘‘भारतमा रु दुई हजारदेखि दुई सयदेखि रु दुई हजार चार सय प्रतिग्राम पाइने ब्राउन सुगर नेपालमा रु १८ हाजर देखि रु २० हजार पर्छ’’, पुनःस्थापना केन्द्र सञ्चालक कल्पेश कुँवरले भन्नुभयो, ‘‘कतिपय प्रयोगकर्ता वितरक हुने गरेका छन् ।’’ स्थानीय सरकारले लागुऔषध नियन्त्रणका बारेमा खासै चासो नदिएको उहाँको भनाइ थियो । अर्का सञ्चालक उपेन्द्र बटालाले तीन महिना पुनःस्थापना केन्द्रबाट उपचार लिएपछि बेरोजगार बस्नुपर्दा कुलतबाट बाहिर आउन नसकेको घटना पाएका छौँ भन्नुभयो । ‘‘दुव्र्यसनीलाई कुलतबाट टाढा राख्न शारीरिक, मानसिक र आध्यात्मिक परिवर्तन आवश्यक पर्छ’’, उहाँले भन्नुभयो, ‘‘अभिभावक सचेत नहुँदा घटना लुकाउने र उल्टो संरक्षण गर्न लाग्ने गरेको पाइन्छ ।’’

यसैगरी अर्का सञ्चालक सौरभ रावलले लागुऔषध नियन्त्रणका लागि प्रत्येक अभिभावक सचेत हुन जरुरी छ भन्नुभयो । ‘‘लागुऔषध प्रयोग गरेपछि कस्तो व्यवहार देखाउछ भन्ने बारेमा प्रत्येक अभिभावकले बुझ्न जरुरी छ’’, उहाँले जोड दिनुभयोे, ‘‘पुनःस्थापना केन्द्रले तीन महिना खान नदिने मात्र हो, त्यसपछि अभिभावकको हातमा हुन्छ ।’’ टीकापुरस्थित सामुदायिक सेवा केन्द्रका अध्यक्ष हरि तिमिल्सेनाले सामुदायिक सेवा केन्द्रले दुव्र्यसनी रोक्न चेतनामुलक कार्यक्रम गरिरहेको बताउनुभयो । उहाँले टीकापुरमा मात्र ४३ वटा टोल समिति बनाएर अपराध नियन्त्रण तथा शान्ति सुरक्षाका बारेमा काम गरिरहेको जानकारी गराउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति दत्तबहादुर विष्टले दुव्र्यसनी कम गर्ने सवालमा अभिभावकको भूमिका नै महत्वपूर्ण भएकाले अभिभावक सचेत हुनपर्छ भन्नुभयो । नेपाली कांग्रेसका नगरसभापति नरेशकुमार खत्री, नेकपा एमालेका नगर अध्यक्ष ध्रुव खत्री,
नेकपा समाजवादीका जिल्ला सदस्य जगदीश्वर पण्डित, संवाद समूहका सदस्य भुवनेश्वर अधिकारीलगतयले लागुऔषध नियन्त्रणमा सबैले इमान्दारीपूर्वक भूमिका र्निबाह गर्नुपर्नेमा जोड दिनुभयो ।




भर्खरै