१९ असार २०८३, शुक्रबार
,
Latest
‘टर्बाइन’ बिग्रिएपछि म्याग्दीका दुई गाउँमा अन्धकार काठमाडौँका १० वडामा स्रोतमै फोहर वर्गीकरण, बञ्चरेडाँडामा जाने फोहर ५ ट्रकले घट्यो ट्रम्पको नाटोमाथि प्रहार, ‘एकतर्फी र हास्यास्पद सम्बन्ध अब स्वीकार्य छैन’ आज पनि बढ्यो सुनचाँदीको मूल्य स्विट्जरल्यान्ड अन्तिम १६ मा, अल्जेरियाको यात्रा राउण्ड अफ ३२ मै समाप्त एक महिनमा ८० हजार विदेशी पर्यटक मुस्ताङ भित्रिए आज २५ अर्बको ऋणपत्र जारी हुँदै कांग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. सुरेश आचार्य नियुक्त बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको अध्यक्षमा डा. योगेन्द्रप्रसाद सिंह नियुक्त पूर्वाधारमा सरकारका १०० दिनः डिजिटल सेवा विस्तारदेखि अलपत्र आयोजनाको खोजी र सञ्चालनसम्म
तपाईं के खोज्दै हुनुहुन्छ ?

तालिबान प्रवक्ता भन्छन्ः अफगानिस्तानमा विदेशी नागरिकलाई खतरा छैन



अ+ अ-

एजेन्सी । अफगानिस्तान अब पूर्णरुपमा तालिबानको नियन्त्रणमा लगभग आएको छ । तालिबान लडाकु ३४ वटा सबै प्रान्तीय राजधानी नियन्त्रणमा लिएर केन्द्रीय राजधानी काबुलमा प्रवेश गरिसकेकाले अफगानिस्तान तालिबानको नियन्त्रण नजिक पुगेको बीबीसीले जनाएको छ । 

तालिबान समूहले काबुलमा हिंसा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्किन दिन आफ्ना लडाकुहरूलाई निर्देशन दिएका छन् । 

तालिबान लडाकु काबुल प्रवेश गरेपछि अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले तालिबान प्रतिनिधिसँग भेट गर्नुभएको छ । भेटमा घानीले आफू शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरणका लागि तयार रहेको बताउनुभएको अन्तरिम गृह मन्त्री अब्दुल सत्तार मिर्जाकवाललाई उदृत गर्दै बीबीसीले जनाएको छ । 

सत्ता हातमा लिने अन्तिम तयारीमा रहेको बेला तालिबानले महिलाको अधिकारलाई सम्मान गर्ने जनाएको छ । तालिबान प्रवक्ता सुहाइल साहिनले बीबीसीसँग कुरा गर्दै महिलाको अधिकारको सम्मान गर्ने बताउनुभएको हो ।  

प्रवक्ता साहिनले विदेशी कुटनीतिक नियोगहरूलाई पनि कुनै खतरा नहुने भन्दै ढुक्क भएर आफ्नो काम गर्न आग्रह गर्नुभएको छ । उहाँले आफ्नो देश फर्कन चाहनेहरूलाई सहज रूपमा फर्कन दिने पनि उल्लेख गर्नुभएको छ ।